समावेशी नभए राष्ट्रिय दलको मान्यता नपाउने

दलित अनलाईन ५ माघ २०८१, शनिबार १२:२४

काठमाडौं —  राष्ट्रिय दल हुनका लागि मुख्य ५ वटा आधार हुनैपर्ने गरी राजनीतिक दलसम्बन्धी विधेयक बनाउने तयारी अघि बढेको छ ।

निर्वाचन आयोगले तयार गरिरहेको राजनीतिक दलससम्बन्धी विधेयकको मस्यौदामा राष्ट्रिय दल हुनका लागि मुख्य ५ वटा आधार हुर्नैपर्ने व्यवस्था गर्न लागिएको आयोगले जनाएको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार राष्ट्रिय दलको मान्यता पाउनका लागि निश्चित प्रतिशत मत ल्याएको हुनैपर्ने, देशव्यापी संरचना हुनैपर्ने, उक्त राजनीतिक दलको कम्तिमा ३ प्रदेशमा प्रतिनिधित्व हुनुपर्ने र केन्द्रीय समितिमा सबै वर्ग र समुदायको समावेशी प्रतिनिधित्व भएको हुनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

Laxmi sunrise bank 2034

यदि यी ५ वटै आधार राजनीतिक दलमा नदेखिएको अवस्थामा राष्ट्रिय दलको मान्यता नपाउने थपलियाको भनाई छ ।

अहिले कार्यान्वयनमा रहेको राजनीतिक दल सम्बन्धी ऐनको दफा ५२ अनुसार प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank