काठमाडौँ — परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको पहल भइरहेको बताएकी छन् ।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले विपीन रिहाइको पहलका निम्ति फेरि कतारलाई आग्रह गर्न लागिएको बताइन्।
उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताएकी छन्।
उनले विपीन रिहा हुने आशा व्यक्त गरिन् । उनले भनिन्,’विपीन सकुशल हुनुहुन्छ भन्ने आशा छ। उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास छ ।’
सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सयजनाको मृत्यु भएको थियो । विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।
Leave a Reply