काठमाडौँ — एकाबिहानै भूकम्पको धक्का गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन् ।
‘शुभप्रभात हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्रीले मंगलबार आफ्नो फेसबुकमार्फत भनेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहानको भूकम्प चीन केन्द्रबिन्दु भएर गएको जनाएको छ । बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँबासी होहल्लासहित घरबाहिर निस्केका थिए ।
Leave a Reply