कांग्रेस नेता मीन विश्वकर्माद्वारा निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण

दलित अनलाइन पुस २२, २०८१

सुनसरी—   नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाईका लागि भवन निर्माण गरेका छन् ।

पूर्व उद्योग वाणिज्य मन्त्रीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित बराह मन्दिर परिसरमा ‘टिका-बखत सामुदायिक भवन’ निर्माण गरेका हुन् । उनले आफ्ना स्वर्गीय आमा टिकामाया र स्वर्गीय बखतबहादुरको सम्झनामा ६० लाख रुपैयाँ खर्च गरेर उक्त भवन निर्माण गरेका हुन् ।

भवनको आइतबार उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई हस्तान्तरण गरे । नगरपालिकाले उक्त भवनबाट सामुदायिक स्वास्थ्य इकाईको सेवा सञ्चालन गर्नेछ ।

बराह क्षेत्र मन्दिरमा आउने भक्तजन, तीर्थालुसहित स्थानीयबासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको नेता विश्वकर्माले बताए । भवनमा बिरामी जाँच कक्ष, स्वास्थ्यकर्मी आवास, सभाहल र पाहुना कक्ष समेत रहेका छन् ।

Shivam Cement

‘दुई वर्ष लगाएर यहाँ भवन निर्माण भएर अब सामुदायिक स्वास्थ्य इकाई सञ्चालनको अवस्था बनेको छ । यसले मन्दिरमा आउने धर्मावलम्बी र स्थानीयबासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्नका लागि सहज हुन्छ भन्ने अपेक्षा राखेको छु,’ उनले भने।

सो अवसरमा जोखिममा रहेको बराह क्षेत्र बचाउन बराहक्षेत्र गुठी व्यवस्थापन समितिले उपप्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र समेत बुझायो । बराहक्षेत्र मन्दिर परिसर र बस्ती नै गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले जोखिममा परेको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank