काठमाडौँ — वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको बन्द सत्र शनिबारदेखि भक्तपुरको खरीपाटीमा सुरु भएको छ ।
शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा विशाल जनप्रदर्शन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय सम्मेलन सुरु भएको थियो । बन्द सत्र शनिबारदेखि भक्तपुरको खरीपाटीमा जारी छ ।
र्याली सहित प्रारम्भ सभा कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल, नेकपाका महासचिव विप्लव र नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलासहित आयोजक पार्टीका तर्फबाट महासचिव आहुति र केन्द्रीय सदस्य हीरादेवी दासले सम्बोधन गरेका थिए ।
Leave a Reply