काठमाडौँ — विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय सम्मेलन भोली अर्थात पुष १९ गते देखि २१ गतेसम्म हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा विशाल जनप्रदर्शनसहितको प्रारम्भिक सत्र तथा २० र २१ गतेसम्म लागिएको पार्टीले प्रेस विज्ञप्ति जारी गदै जानकारी दिएको छ ।
पार्टी कार्यकर्ता, शुभचिन्तक र नेपाली श्रमजीवी जनताको अथक परिश्रम, दृढ संकल्प र क्रान्तिकारी जोसको परिणामस्वरुप पार्टीले प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको पार्टीका नेता धनकुमारी सुनारले जानकारी दिइन् ।
शुक्रबार हुने सम्मेलनमा क्राान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सिपी गजुरेल (गौरव), नेकपाका महासचिव विप्लव,
नेकपा (बहुमत)का धमैन्द्र बस्तोला, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुति र केन्द्रिय सदस्य हिरादेवी दासले सम्बोधान गर्नेछन् ।
सम्मेलनमा ७७ वटै जिल्लाका प्रतिनिधिको उपस्थिति रहने र सबै उत्पीडित वर्ग एवं समुदायको निर्णायक प्रतिनिधित्व रहने उनको भनाइ छ ।राष्ट्रिय सम्मेलनले विचारधारात्मक तथा संगठनात्मक मार्गदर्शनलाई अझ स्पष्ट र सुदृढ बनाउँदै नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको वैचारिक एवं सङ्गठनात्मक रणनीति विकास गर्ने बताइएको छ ।
Leave a Reply