दक्षिण काेरियामा जहाज दुर्घटनामा मृत्यु हुनेकाे संख्या ८५ पुग्याे

दलित अनलाईन १४ पुष २०८१, आईतवार ११:३३

काठमाडौँ — दक्षिण कोरियामा एयपाेर्टमै जहाज दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ८५ पुगेकाे छ। २ जनाकाे भने जीवितै उद्धार गरिएकाे छ। उद्धार हुनेमा एक महिला र एक पुरुष रहेका छन्। परिचय भने खुलाइएकाे छैन।

जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य गरी १८१ जना सवार रहेका थिए। उनीहरूमध्ये २ जनाकाे मात्र जीवत उद्धार गरिएकाले १७९ जनाकाे मृत्यु भएकाे हुन सक्ने उद्धारमा खटिएका अधिकारीहरूले जनाएकाे काेरियन समाचार संस्थाहरूले लेखेका छन्।

आइतबार बिहान थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ नम्बरकाे जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना परेकाे थियाे।

दुर्घटनामा परेकाे जहाज पूर्णरूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनास्थलबाट उद्धार गरिएकाहरू काेही पनि जीवित नभेटिएकाले थप जीवित भेटिने अवस्था निकै कम रहेकाे उद्धारमा खटिएका अधिकारीहरूले भनेका छन्।

जहाज पूर्णरुपले क्षतिग्रस्त भएकाले मृतककाे पहिचान गर्नसमेत कठिन भएकाे छ। अहिले पनि भग्नावशेषमा उद्धारकाे कार्य जारी रहेकाे छ।

जहाजमा १७३ दक्षिण कोरियाली र दुई थाई नागरिक रहेकाे बताइएकाे छ। उनीहरूकाे पनि परिचय अझै सार्वजनिक भएकाे छैन।

जहाज अवतरणका क्रममा धावनमार्गबाट बाहिरिँदै पर्खालमा ठोक्किएको थियो। प्रारम्भिक अनुसन्धानहरूले ल्यान्डिङ गियरमा खराबी हुँदा जहाज दुर्घटनामा परेकाे खुलेकाे छ।

दुर्घटनापछि कार्यवाहक राष्ट्रपति चोई साङ-मोक केन्द्रीय प्रकोप तथा सुरक्षा काउन्टरमेजरको मुख्यालय पुगेर सबै यात्रुहरूको उद्धार र सुरक्षालाई प्राथमिकता दिन आपतकालीन निर्देशन जारी गरेका थिए।

दक्षिण कोरियमा हाल राजनीतिक संकट छ। काेरियाका राष्ट्रपति यून सुक यउल र त्यसपछि कार्यवहाक राष्ट्रपति बनेका प्रधानमन्त्री हान डक-सूमाथि महाभियोग लगाइएकाे थियाे।

तस्बिर: जीवित उद्धार गरिएकालाई अस्पताल लगिदै

राजनीतिक संकट बेहाेरिरहेकाे काेरियामा एयरपोर्टमै जहाज दुर्घटना र त्यसपछि भएकाे ठुलाे हताहतिले काेरियाली नागरिकलाई थप स्तब्ध बनाएकाे छ।

यही २५ डिसेम्बरका दिन अजरबैजानको एउटा यात्रुवाहक जहाज काजकिस्तानमा दुर्घटनामा पर्दा ३८ जनाकाे मृत्यु भएकाे थियाे।

तस्बिर: जहाज दुर्घटनाकाे लाइभ हेर्दै काेरियाली नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank