जनकपुरले दियो लुम्बिनीलाई १३७ रनको लक्ष्य

दलित अनलाईन २३ मंसिर २०८१, आईतवार १०:५४

काठमाडौँ — एनपिएलको १४ औं खेलमा जननकपुरले  लुम्बिनी लायन्सलाई एक सय १३७ रनको लक्ष्य दिएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाउँदै एक सय ३६ रन बनायो ।

ओपनर तथा कप्तन अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाउनु बाहेक अन्य खेलाडी चल्न सकेनन् । लाहिरु मिलान्थाले  २४, शुभ कंसाकारले अविजित २२, मार्की आसिफ शेखले १६ रन बनाए । अतिरिक्त १५ रन पाएको थियो ।

लुम्बिनीका अभिषेक गौतमले तीन तथा सादविन जफर र रोहित पौडेलले समान दुई विकेट हात पारे । सन्दीप जोराको नाममा एक विकेट रह्यो । लगातार तीन खेलमा पराजित लुम्बिनी पहिलो जितको खोजीमा छ । लगातार तीन खेल जितेको जनकपुर चौथो जितको खोजीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank