एनपिएल : नरेन साउदले ५ विकेट लिँदा सुदूरपश्चिमको लागतार दोस्रो जित

दलित अनलाईन २० मंसिर २०८१, बिहीबार १८:१४

काठमाडौँ —  युवा स्पिनर नरेन साउदले ५ विकेट लिएपछि नेपाल प्रियिमर लिगमा सुदूरपश्चिम रोयल्सले लागतार दोस्रो जित निकालेको छ। दोस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिमले बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा काठमाडौं गुर्खाजलाई ७३ रनले हरायो।

१६८ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि स्टेफन स्केन्जीले ३३ बलमा ५ चौका र १ छक्का मद्दतमा सार्वधिक ३७ रन बनाए भने सुमित महर्जनले १४ तथा भीम सार्की र जेरार्ड इरास्मसले समान १० रन बनाउँदा अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

काठमाडौंका इनिङ धरासायी बनाउने क्रममा युवा स्पिनर नरेनले ३.५ ओभरमा १९ रन मात्र खर्चेर ५ विकेट लिए। एनपिएलमा एकै खेलमा पाँच विकेट लिए उनी दोस्रो र पहिलो नेपाली खेलाडी हुन्। यसअघि चितवन राइनोजका सोहेल तनवीरले पहिले खेलमै ५ विकेट लिएका थिए।

यस्तै, अविनाश बोहराले २ तथा ब्रान्डन म्याकमुलेन र सइफ जइबले समान १ विकेट लिए।

त्यअसघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ब्रान्डन म्याकमुलेनको अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा १६७ रन बनायो।

सुदूरपश्चिमका लागि म्याकमुलेनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गदैृ सर्वाधिक ५३ रन बनाए। यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्का मद्दतमा ४३ रन बनाए।

ओपनर विनोद भण्डारीले २८ बलमा समान २ चौका र छक्का मद्दतमा ३५ रन बनाए। विनोद र म्याकमुलेनले दोस्रो विकेटका लागि ८६ रनको उत्कृष्ट साझेदरी गरेका थिए। यी दुई क्रिजमा हुँदा सुदूपश्चिमले २ सय रन पु¥याउने अपेक्षा गरिएको थियो। तर, त्यसपछि लगातार विकेट गएपछि ठूलो योगफल बनेनन्।

बलिङमा काठमाडौंका रसिद खानले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २० रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, करण केसी, साहब आलम र जेरार्ड इरास्मसले समान १ विकेट लिए।

यो जितपछि सुदूरपश्चिम अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। उसको २ खेलमा ४ अंक छ। शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सको ३ खेलमा ६ अंक छ। २ खेलमा ४ अंक नै जोडेको चितवन तेस्रो स्थानमा रहँदा ३ खेलमा १ जित निकालेको काठमाडौं चौथो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank