हेटौँडा–८ कमानेस्थित मनकामना मन्दिरका पुजारीले मागे दलित समुदायसँग माफी

दलित अनलाईन १७ मंसिर २०८१, सोमबार २०:२१

काठमाडौँ  — हेटौँडा–८, कमानेस्थित मनकामना मन्दिरमा दलित महिलालाई जातीय विभेद गर्ने पुजारीले मन्दिर व्यवस्थापन समितिमा दुई जना दलित समुदायको प्रतिनिधिहरु राख्ने गरी आफुहरुबाट आगामी दिनमा विभेद नगर्ने गरी आम माफी मागेका छन् ।
शुक्रबाट कमानेस्थित मनकामना मन्दिरमा बालाचतुर्दशीका दिन दुई दलित महिलाहरुलाई पुजारी मधुसुदन काफ्ले र शिव पौडेलले जातीय विभेद गरेका थिए ।

Nabil bank
शनिबार दलित महिलाहरुले पुजारी लगायत थप तीन जानबाट जातीय विभेद गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गरेपछि प्रहरीको उपस्थितिमा दलित अधिकारकर्मीहरु आइतबार घटना मिलाउन दिनभरी लागि परेका थिए ।
मन्दिरमा पण्डितले छुवाछुतको व्यवहार गरेको भन्दै दुई महिलाले ४ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका थिए मनकामना मन्दिरका पुजारी ७० वर्षीय मधुसुदन काफ्ले, ५० वर्षीय शिव पौडेल, ५५ वर्षीया होमकुमारी बानियाँ र ५० वर्षीय सन्तोष उपाध्याय विरुद्ध उजुरी दर्ता गरे प्रहरी घटना मिलाउन आफै अग्रसार देखिएको थियो ।
सोमबार आफुहरुमाथि जातीय विभेद गर्ने पुजारी लगायत दलित अधिकारकर्मीहरु र जिल्ला प्रहरी कार्यालयको उपस्थितिमा पुजारीले आम माफी मागेका छन् । पण्डित मधुसुदन काफ्ले र उनलाई उक्साउने अन्य ८ जना सहितको उपस्थितिमा मन्दिरमा जातीय छुवाछुत विरुद्ध सचेतनामूलक कार्यक्रम आयोजना गर्ने, आगामि दिनमा विभेद नगर्ने, मन्दिर व्यवस्थापन समितिमा २ जना दलितको अनिवार्य प्रतिनिधित्व गराउने लगायतका बुँदाहरुमा जिल्ला प्रहरी कार्यालयमा मेलमिलाप गरिएको थियो ।

घटना के थियो ?

बालाचतुर्दशीमा शत्बीज छर्ने क्रममा हेटौँडा–८, कमानेस्थित मनकामना मन्दिरमा पण्डितले छुवाछुतको व्यवहार गरेको भन्दै दुई महिलाले ४ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गरिएको हो । दुई महिलाले मनकामना मन्दिरका पुजारी ७० वर्षीय मधुसुदन काफ्ले, ५० वर्षीय शिव पौडेल, ५५ वर्षीया होमकुमारी बानियाँ र ५० वर्षीय सन्तोष उपाध्याय विरुद्ध उजुरी दर्ता गरेका हुन् ।

हेटौंडा–८, कमानेकी ४७ वर्षीया सरस्वाती रोक्का र ४२ वर्षीया गंगा मंग्रातीले पुजारीसहित ४ जनाविरुद्ध उजुरी दर्ता गराएका हुन् । बेलुका दिवगंत पितृका नाममा अखण्ड दीपदान गर्न जाँदा विभेद गरिएको आरोप छ । श्रीमानको नाममा बत्ती बाल्न जाँदा पुजारीले अन्य भक्तजनलाई गर्ने व्यवहारभन्दा फरक व्यवहार गरेको सरस्वातीको आरोप छ । शनिबार बिहान होम पुजा गर्न जाँदा पनि उस्तै विभेदपूर्ण व्यवहार भएपछि उजुरी दिएको सरस्वती र गंगाको भनाइ छ । ढुक्कले होम पुजा गर्न पुगेका हामीलाई दलित भएकै कारण पुजारीले पानी र घिउमा मुछेका चामल नचढाउन भनेको उहाँको आरोप छ ।

४ वर्षअघि बितेकी सासुको नाममा बत्ती बाल्न जाँदा विभेद भएको गंगाले बताईन् । अन्य भक्तजनले नमानेको भन्दै दलित महिलाले ल्याएको पुजाको सामग्री लिन पुजारीले आनाकानी गरेको आरोप छ । मन्दिर जस्तो सार्वजनिकस्थलमा यस्तो व्यवहार गरेपछि पुजा नगरी घर फर्केका थिए । २१ औं शताब्दीमा आइपुग्दा पनि हामीमाथि हुने अन्याय नरोकिएको भन्दै दलित समुदाय रुष्ट छन् । अहिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चालिरहँदा यो विषय बाहिर आउनु दुखद् भएको बताएको छ ।

One response to “हेटौँडा–८ कमानेस्थित मनकामना मन्दिरका पुजारीले मागे दलित समुदायसँग माफी”

  1. Ganesh Nepali says:

    यिनीहरूको जिन्दगी माफी मागेरै सकिने भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank