मानव तस्करी मुद्दामा उन्मुक्ति पाएका पूर्वमन्त्री अधिकारीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

दलित अनलाईन १४ मंसिर २०८१, शुक्रबार १५:४९

काठमाडौँ  —  मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालय काठमाडौँकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार सरकारी वकिलकाे निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी अधिकारीलाई तत्काल पक्राउ गर्न परमादेश माग गर्दै रिट दायर गरेका हुन्।

Laxmi sunrise bank 2034

रिट अहिले दर्ता गर्ने प्रकृयामा रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। अधिवक्त त्रिपाठीले अधिकारीमाथि मुद्धा नचलाउने सरकारी वकिल कार्यालयकाे निर्णय प्रथम  दृष्टिमै गैरकानूनी, बदनीयतपूर्ण एवं स्वेच्छाचारी भएको बताएका छन्।

सरकारी वकिलकाे कार्यालयले यही मंसिर १० गते अधिकारीमाथि मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णयसहित जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र पेस गरेको थियाे।

तर मानव तस्करी प्रकरणमा अधिकारीसँगै पक्राउ परेका अन्य ११ जनाविरुद्ध भने सरकारी वकिलकाे कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेकाे थियाे।

उनलाई सरकारी वकिलकाे कार्यालयले मुद्दा दर्ता नगर्ने निर्णय गरेपछि सत्ताकाे आडमा उन्मुक्ति दिइएकाे भन्दै आलोचना भइरहेकाे छ।

अधिकारी मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए।

अधिकारीमाथि गत कार्तिक १३ गते आफू जापान जाने क्रममा आफूसँगै मन्त्रालयको नक्कली कागजात बनाएर तीन जनालाई लगेको आरोप लागेकाे थियाे।

Nabil bank

मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नलिइ जापान उडेका उनलाई जापानको अध्यागमनले विमानस्थलबाट फर्काइदिएको थियो। त्यसपछि अधिकारीकाे चाैतर्फी विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

उनी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank