रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दलित अनलाईन ९ मंसिर २०८१, आईतवार १७:०९

कास्की — कास्की जिल्ला अदालतले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ। भीमलाल बेलबासेकाे इजलासले  आईतबार लामिछानेलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे ।

Laxmi sunrise bank 2034

पछिल्लोपटक गत २५ कार्तिकमा थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न भन्दै उनी २ कार्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

Nabil bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank