एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल

दलित अनलाईन ७ मंसिर २०८१, शुक्रबार १५:०२

काठमाडौँ  — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेको बताएका छन् । तर, एमाले देश बनाउने अभियानमा रहेको सच्चाइलाई आम जनताले बुझ्नुपर्ने उनले बताएका छन् ।

शुक्रबार राजधानीको दरबारमार्गमा भएको पार्टीको जागरण सभालाई सम्बोधन गर्दै उनले भने, ‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोककल्याण्कारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर हाम्रो पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रकारका प्रपञ्चहरू भइरहेका छन् ।’

पहिले महाकाली सन्धिका नाममा पार्टीलाई विभाजन गर्न स्मरण गर्दै उनले अहिले पनि यस्तै प्रपञ्चहरू जारी रहेको उनको दाबी थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank