काठमाडौँ —असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ। गृह मन्त्रालयकाअनुसार आइतबार राति ७ : ३० बजेसम्मको अपडेटअनुसार १७० जनाको मृत्यु भएको हो।
अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ। बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
उनकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटामा दुई, महोत्तरीमा दुई, रामेछापमा एक, झापामा दुई, उदयपुरमा एक, इलाममा एक, सप्तरीमा एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म ३ हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए।
यसैगरी बाढीपहिराले ३२२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ।
Leave a Reply