काठमाडौँ — दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ।
शुक्रबार साँझदेखि शनिबार साँझ ५ बजेसम्म बाढी पहिरोमा परी ६३ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। थापाका अनुसार २० भन्दा बढी जिल्लाहरूमा बाढी पहिरोले क्षति पुर्याएको छ। यसमा परेर ६४ जना बेपत्ता छन्।
कोशी प्रदेशमा १० जना, काठमाडौं उपत्यकामा मात्रै ३४ जना, बाग्मती प्रदेशमा १९ जनाको मृत्यु भएको छ। त्यस्तै बेपत्ता हुनेमा पनि सबभन्दा बढी उपत्यकामा २१, बाग्मतीमा ३१, कोशी प्रदेशमा ९, मधेशमा १ र लुम्बिनी प्रदेशमा २ जना छन्।
Leave a Reply