निजामती सेवा दिवस: यी हुन् पुरस्कृत हुने उत्कृष्ट ४० कर्मचारी

दलित अनलाईन २२ भाद्र २०८१, शनिबार १०:३२

काठमाडौँ  —  सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ। बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भएपनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको देखिएन।

यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३०जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ।

उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गर्ने १० जना कर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकर बहादुर के.सी., राजुप्रसाद गुरागाईं, सागर मिश्र, चुडाराज न्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई, बुनु राना र निलबहादुर पुर्जा मगर रहेका छन्।

यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा मित्र बराल, मोहन राई, शिवप्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्यामकुमार यादव, गंगादत्त भट्ट, सविता नकर्मी र केशव राज पार्धे रहेका छन्।

त्यस्तै वेदप्रसाद खनाल, प्रेमकुमार पोखरेल, शितल सिंह उखेडा, कृष्णप्रसाद पौडेल, सुशीला सिंह, शिलुका लिंथेप, उदयप्रकाश लिम्बु, कृष्णबहादुर खत्री, हेमन्ती साउद र राममाया गुरुङले पनि निजामती सेवा पुरस्कार पाएका छन्।

यस्तै निजामती पुरस्कार पाउने अन्य कर्मचारीहरूमा डा. पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्रप्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मानबहादुर दराई, जनक महत र टहलबहादुर जिरेल रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank