सत्ताबाट हटेपछि प्रचण्ड परिस्थिति भड्काउन लागिपरेको ओलीको आरोप

दलित अनलाईन १८ भाद्र २०८१, मंगलवार १८:५९

काठमाडौँ  — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट हटेपछि परिस्थिति भड्काउन लागिपरेको बताएका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा एमाले पार्टी बैठकमा ब्रिफिङ गर्नेक्रममा ओलीले यस्तो भनाई राखेका हुन् । प्रधानमन्त्री ओलीलेगत ११ भदौमा प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको सम्बोधन अराजकता निम्त्याउने खालको रहेको समेत बैठकमा बताए।

‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ। जसरी बंगलादेश र श्रीलंकाको उदाहरण दिएर सदनमा बोल्ने काम भयो। त्यो एउटा जिम्मेवार नेताले बोल्ने भाषा थिएन,’ प्रधानमन्त्री ओलीले भने।

एमाले केन्द्रीय कार्यालय च्यासलमा मंगलबार सुरु भएको पोलिटब्यूरो बैठक उद्घाटनकाक्रममा ओलीले प्रचण्डको भूमिकाबारे प्रश्न उठाएका हुन्।  ओलीले सामाजिक अराजकता निम्त्याएर भाँडभैलो गराउने प्रचण्डको चाहना पूरा नहुने पनि बताए। उनले निर्धारित समयमै सरकारको नेतृत्व छाड्ने पनि बताए।

‘म निर्धारित समयभित्रै सरकारको नेतृत्व छोड्छु, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएर चुनावमा जान्छौं,’ प्रधानमन्त्री ओलीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank