संविधानबाट दलित शब्द हटाउनुपर्छ : वामदेव गौतम

दलित अनलाईन ३० श्रावण २०८१, बुधबार १४:१७

काठमाडौँ  —  राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउन प्रस्ताव गरेका छन्।

राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन्। लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेको सुशासन र यसको प्रर्वद्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलका क्रममा सांसद गौतमले संविधानले नै दलित भनेको भन्दै संशोधनमार्फत हटाउनुपर्नेमा जोड दिए।

कसैले पनि भेदभाव गरे उनीहरूमाथि कारबाही हुनुपर्ने उनको भनाइ थियो। उनले दाचार नीति विद्यालय, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका लागि पनि जारी गर्नुपर्ने सुझाव पनि दिए।

नेपाल र नेपाली जनतालाई साँच्चिकै माथि उठाउन र सांस्कृतिक रूपले उन्नत, सभ्य बनाउन चाहेको भए परिवारका लागि पनि सदाचार नीति जारी गर्नुपर्ने उनको धारणा थियो।

उनले भने, ‘हाम्रो संविधानले नै दलित भनेर भनेको छ। मेरो मान्यता दलित भन्न हुन्नथ्यो। संशोधन गरेर हटाइदिनुपर्छ। कसैले पनि भेदभाव गरे भने उनीहरूमाथि कारबाही हुनुपर्छ। कसैले पनि त्यस्तो किसिमको व्यवहार गरे भने दलितसम्बन्धी आजभन्दा अघि जे गर्दथे, त्यस्तो गरे भने जसले गरेको छ, उसमाथि कारबाही हुनुपर्छ। यस्तो सबै किटान गर्नुपर्छ र सदाचार नीति, स्कुल, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, के हो सदाचार नीति त्यो जारी गर्नुपर्छ। सँगै परिवारको निम्ति पनि जारी गर्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank