बादी समुदायको संख्या घटेको प्रति प्रदेश बादी उत्थान समितिले आपत्ति

दलित अनलाईन ३० श्रावण २०८१, बुधबार १३:४१

कैलाली—  कैलालीमा बादी समुदायका नागरिकहरूको संख्या कम भएकोमा बादी उत्थान समितिले चिन्ता व्यक्त गरेको छ ।

मंगलबार सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीलाई सुदूरपश्चिम प्रदेश बादी उत्थान समितिले माग पत्र बुझाउँदै बादी समुदायका नागरिकहरूको समस्याबारे जानकारी गराएका थिए ।

२०६८ सालको जनगणनामा बादीहरूको संख्या ३८ हजार ६०३ रहेको तर, २०७८ सालको जनगणनामा आफ्नो समुदायको संख्या १० हजार कायम गरिएको प्रति प्रदेश बादी उत्थान समितिले आपत्ति जनाए । रमेश बादीले राज्यबाटै सही तथ्याङ्क संकलन नभएको बताएका थिए ।

‘हाम्रो तथ्याङ्क अब हामी संकलन गर्छौ राज्यले हाम्रो सही तथ्याङ्क जारी गरेन’, उनले भने ।

मन्त्री चौधरीसमक्ष उनीहरुले आफ्नो अधिकार पाउन अझै समस्या रहेको बताएका थिए । नगरपालिकामा दलित वडा सदस्य निर्वाचित हुँदा आफूलाई अर्थपूर्ण सहभागिता नगराउने गरेको जनप्रतिनिधि रन्जिता नेपाली बादीले गुनासो गरिन् ।

‘हामीलाई जनप्रतिनिधि बनाए पनि कुनै भूमिका दिइएको छैन’ उनले भनिन्, ‘हामीलाई निकै समस्या छ हाम्रो माग सुनुवाइ होस् । ’

काठमाडौँमा गरिएको ४८ दिने आन्दोलनपछि बादी समुदाय र सरकारबिच दुई बुँदे सहमति भएको थियो । तर, अझैसम्म पनि ती सम्झौताहरू कार्यान्वयनमा आउन नसकेको उनीहरुको गुनासो छ । बादी परिचय पत्र अझै सबैले पाउन सकेका छैनन् भने अधिकार पाउन पनि अझै सकस देखिएको ।

उनीहरुले सरकारसँग बादी उत्थान छात्रवृत्ति,सुरक्षा आभास निर्माण,बादी संग्राहालय, बादी युवायुवतीको लागि रोजगारी मूलक कार्यक्रम, नाला, कालोपत्रे भवन जस्ता माग राखेका थिए ।

बादी समुदायका नागरिकहरूको गुनासो सुनेपछि मन्त्री चौधरीले समस्या समाधान गर्न आफू लाग्ने बताए । उनले बादी समुदायको शिक्षा र स्वास्थ्यमा सरकार गम्भीर हुने भन्दै सांस्कृतिक र पहिचानको विषयमा सरकारमा छलफल गर्ने बताए ।

‘तपाईँहरूको समस्या निकै रहेछन् । हामी यस विषयमा सरकारमा कुरा राख्छौँ’ उनले भने ‘समस्या समाधान गर्न म पहल गर्छु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank