उच्च अदालतमा थमन विक हत्या मुद्दाको सुनुवाइ आज

दलित अनलाईन २३ श्रावण २०८१, बुधबार ११:३१

काठमाडौँ  — २०७२ को मधेश आन्दोलनका क्रममा आन्दोलनकारीबाट मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणको मुद्दामा आज साधक सुनुवाइ हुने भएको छ । उच्च अदालत जनकपुरधाममा साधक सुनुवाइ हुने भएको हो ।

जिल्ला अदालत महोत्तरीले २८ मंसिर २०८० मा विक हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) का प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो । एमालेका नेता लक्ष्मी महतो कोइरी र पवन कापडले भने सफाइ पाएका थिए ।

महतो महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाबाट निर्वाचित भएका छन् । सफाइ पाएका महतो र कापडविरुद्ध नेपाल सरकारको तर्फबाट सरकारी वकिलको कार्यालय जनकपुरले ९ वैशाख २०८१ मा उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेको थियो ।

उक्त मुद्दामा ९ जेठ २०८१ मा उच्च अदालत जनकपुरधामका न्यायाधीश बलभद्र बास्तोला र नरवहादुर खड्काको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश गरेको थियो । सोही मुद्दामा २० जेठ २०८१ मा महतो र ३१ जेठ २०८१ मा कापड उच्च अदालत जनकपुरधाममा हाजिर भई सधारण तारेखमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank