बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा मुहम्मद युनिस नियुक्त

दलित अनलाईन २३ श्रावण २०८१, बुधबार १०:२४

काठमाडौँ  —  बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् ।  मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका हुन्।

यसअघि उनले मंगलबार अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।

आन्दोलनरत विद्यार्थीहरूको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेको अमेरिकी समाचार संस्था द न्युयोर्क टाइम्सले जनाएको छ।

युनुसले सन् २००६ को नोबल पुरस्कार पाएका थिए। उनले बंगलादेशमा माइक्रोफाइनान्सको अवधारणा सुरूवात गरेका थिए। आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी बैठकले युनिसलाई अन्तरिम सरकारको प्रमुख बनाउने  निर्णय गरेको  बताइएको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलन अशान्तिमा परिणत भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छोडेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank