यो सरकार समावेशी सिद्धान्तको मर्मविपरीत अगाडी बढेको छ : सांसद शान्ति विक

दलित अनलाईन २१ श्रावण २०८१, सोमबार १७:४०

काठमाडौँ  — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद शान्ति परियार विकले समावेशी सिद्धान्तको मर्मविपरीत  यो सरकारले अगाडी बढेको  बताएकी छिन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले इतिहासका विभिन्न काल खण्डमा दलित समुदाय र महिलाहरुको योग्दान निकै महत्वपूर्ण रहेको स्मरण गदै समावेशी सिद्धान्तको मर्मविपरीत  अघिल्लो सरकार र यो सरकार अगाडी बढेको बताएकी हुन् ।

विकले भनिन्, ‘२००७ सालदेखि सशस्त्र द्वन्द्वहुँदै ६२/६३ को जनआन्दोलनसम्म आइपुग्दा इतिहास बदल्न महिला,दलित लगायतको समुदायले आफ्नो  संघर्ष र अब्बलतालाई कुन चाहिँ कालखण्डमा सावित  गरेको छैन ?  के महिलाविना परिवर्तनहरु सम्भव थियो ?  दलित समुदायविना सम्भव थियो ?  विडम्बना साथ भन्नुपर्छ पुरानो होस या नयाँ सबै दलहरुले यो यथार्थ स्वीकार्न नसकेको कुरा  समावेशी सिद्धान्त  विपरित हरेक पटक सरकार गठन हुँदा  यसै सदनमा प्रमाणित भएको छ ।

म सम्माननीय सभामुख महोदय मार्फत राजनीतिक पार्टीहरूको ध्यानाकर्षण गराउन चाहन्छु- आधा आकाश ढाकेका महिलाहरुलाई ३३ प्रतिशतको आधार न त अघिल्लो सरकार नत अहिलेको सरकारले सम्बोधन गर्यो ।

समाजमा हेपिएको संसदमा जेलिएको क्याबिनेटमा पुग्न चेपिएको पींधमा परेका दलित समुदायको अवस्था अहिले पनि क्षितिज पारिको डाँडा जस्तै बनेको छ।  सबै दलहरुसँग संविधान भन्दा पहिला सोच बदलिन आग्रह गर्छु तेसो भए मात्र विकास  नीति, नियम, ऐन , कानुनले गतिलिन सक्छ र देशले समृद्धिको मोड लिन सक्छ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank