सांसद सन्तोष परियारको प्रश्न : १४ प्रतिशत दलित समुदाय सबैतिरबाट वञ्चित गर्ने यो कस्तो खालको राजनीतिक प्रवृत्ति हो ?

दलित अनलाईन २१ श्रावण २०८१, सोमबार १६:४५

काठमाडौँ  — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व गराउन सरकारलाई सचेत गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व गराउन पनि सरकारलाई सचेत गराए । सरकारले समावेशीताको आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्याएको उनको आरोप थियो ।

परियारले भने, ‘संविधानको मूलभूत आशय समावेशीतालाई अहिले राजनीतिक पार्टीहरूले नै लत्याइरहेका छन् । संविधान आफैंले काम गर्ने होइन । संविधान एउटा सामाजिक करार हो । त्यो अनुसार राजनीतिक पार्टी र व्यवस्था चल्नुपर्छ । तर, राजनीतिक पार्टीहरू आज त्यो सामाजिक करारलाई मानिरहेका छैनन् । म सम्माननीय सभामुख महोदय मार्फत राजनीतिक पार्टीहरूको ध्यानाकर्षण गराउन चाहन्छु-१४ प्रतिशत लगभग रहेको दलित समुदाय सबैतिरबाट वञ्चित गर्ने यो कस्तो खालको राजनीतिक प्रवृत्ति हो ? संविधानअनुसार काम नगर्ने, आफू अनुकूल संविधान संशोधन गर्न खोज्ने कदाचित मान्य हुने छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टी यो सरकारले समावेशीतालाई नबुझेको कुरामा घोर भर्त्सना गर्दछ । र सरकारका सबै निकायहरुमा समावेशीतालाई प्राथमिकतामा राखेर काम गर्न ध्यानाकर्षण गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank