काठमाडौँ — नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको छ। घरेलु मैदानमा जारी काभा महिला नेसन्स लिगअन्तर्गत शनिबार भएको खेलमा नेपालले भारतलाई ३–२ ले हराएको छ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट नेपालले २५–१८ले जितेको थियो । तर, दोस्रो सेटमा भारत खेलमा फर्किँदै २५–१२ ले जित्दै खेललाई १–१को बराबरीमा ल्यायो।

त्यसपछि तेस्रो सेट २५–१७ ले जित्दै नेपालले खेलमा २–१को अग्रता लियो। फेरि चौथो सेट २५–१८ले जित्दै खेलालाई भारतले २–२को बराबरीमा ल्यायो। तर, अन्तिम सेट १५–१३ जित्दै नेपालले पहिलो पटक भारतलाई हार चखायो।
नेपालले ५ भीडन्त पछि भारतलाई हराएको हो। यअसघि नेपाल सन् २०१९ घरेलु मैदानमै भएको १३ साग खेलकुदमा नेपाल पाँचौं सेटमा पराजित भएपछि स्वर्णबाट बञ्चित भएको थियो।
५ टिम सहभागी लिगमा नेपालको यो लागातार दोस्रो जित हो। यसअघि नेपालले उद्घाटन श्रीलंकामाथि ३–०को सोझो सेटमा हराएको थियो । यता, भारतको भने यो पहिलो हार हो। यसअघि भरतले इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो।



























Leave a Reply