वन तथा वातावरण राज्यमन्त्री रूपा विक नियुक्त

दलित अनलाईन १८ श्रावण २०८१, शुक्रबार १७:१३

काठमाडौँ  — प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन्। जसमा नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य रूपा विक वन तथा वातावरण राज्यमन्त्री बनेकी छन्।

असार  ३१ गते २२ सदस्यीय मन्त्रिमण्डल गठन गर्दा दलित समुदायको प्रतिनिधित्व नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको थियो।

१४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी  पाल्पाकी रूपा विक  समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य छिन्। विक पार्टीभित्र सभापति शेरबहादुर देउवानिकट हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank