कसैकाे चाहनाले मुद्दा चल्दैन: गृहमन्त्री लेखक

दलित अनलाईन १७ श्रावण २०८१, बिहीबार १७:३६

काठमाडौँ  —  गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन्।

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न नसक्ने बताए।

‘फाइल खोल्ने भन्या के हो? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुन बमोजिम चल्छ भन्ने मेरो आग्रह छ’, उनले भने, ‘कुनै मुद्दा चलेको छ भने छट्न पनि कानुन बमोजिम छुट्छ भन्ने मेरो आधारभुत मान्यता हो।’

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाई थियो।

‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रद्धिवतदा व्यक्त गर्दछु’, उनले भने, ‘समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु।’

त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए। उनले भने, ‘कर्मचारीको सरुवा र बढुवा हुन्छ। कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ। तर कहिले काही अवधिभन्दा पहिले पनि हुन्छ।’

मन्त्री लेखकले भने, ‘जुन पदको सरुवाको कुरो छ, उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ। किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनुपर्यो। अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो?’ उनले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रहसमेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank