बाङ्लादेशमा विद्यार्थीमाथि भएको दमन विरुद्ध काठमाडौंमा प्रदर्शन

दलित अनलाईन १७ श्रावण २०८१, बिहीबार ०८:२८

काठमाडौँ  —  नेपालस्थित बङ्गलादेशी राजदूतावास अगाडि नागरिक समाज र मानव अधिकार समाजको अगुवाइमा बुधबार प्रदर्शन भएको छ।

आयोजकका अनुसार बङ्गलादेशमा चलिरहेको कोटा विरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूप्रति गरिएको दमन र हिंसाको विरुद्धमा प्रदर्शन गरिएको हो। बंगलादेशमा जारी कोटा विरोधी आन्दोलनका क्रममा करिब दुई सय विद्यार्थीको मृत्यु भएको बताइएको छ।

प्रदर्शनका सहभागीहरूले हत्याको घटनाहरूको जबाफदेहिताको सुनिश्चित गर्न, शान्तिपूर्ण रूपमा भेला हुन पाउने र अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन अन्त्य गर्ने लगायतका मागसहित केही समय धर्ना बसी प्लेकार्ड प्रदर्शन गरेका थिए। विद्यार्थी आन्दोलनका क्रममा बङ्गलादेश सरकारले चर्को दमन गरेको भन्दै आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank