दलित युवाको निर्ममतापूर्वक हत्या : प्रहरीको लेनदेन भएको हुनसक्ने मृतक परिवारको आरोप

दलित अनलाईन ४ भाद्र २०७७, बिहीबार २१:३२

ललितपुर— ललितपुर महानगरपालिका वडा नंं. २४ का १७ वर्षीय दिपेन बर्देवाको निर्ममतापूर्वक हत्या भएको परिवारले दावी गरेका छन् ।

साउन २३ गतेबाट ललितपुर महानगरपालिका वडा नंं. २४ स्थानीय साथी सुवास थापा र राजेश तिमिल्सिनासँग घुम्न निस्किएका दिपेन बर्देवा घर नफर्किएपछि आमा—बाबुले खोज्दै जाँदा ललितपुरको भट्टेडाँँडास्थित ढुँगाको कापभित्र हत्या गरी बोरामा हालिएको अवस्थामा शव भेटिएको परिवारले दावी गरेको हो ।

ललितपुर महानगरपालिका वडा नंं. २४ निवासी आमा लक्ष्मी वर्देवा र बुबा दिपक बर्देवाका एक मात्रै छोरा दिपेन(१७) बर्देवा काठमाडौमा मूर्तिको काम गर्थे । उनी कोरोना र लकडाउनको कारणले आमा र बहिनीसँगै घरमै बस्दै आएका थिए । २३ गतेको दिन स्थानीय साथी सुवास थापा र राजेश तिमिल्सिना (२२–२५) का साथमा घुम्न निस्किए । परिवार साथीसँग घुम्न गएको भन्दै ढुक्कसँग बसे । मृतककी आमा लक्ष्मीले छोराको फोनमा पटक–पटक फोन गरिन् । तर फोन नउठ्ने, काट्ने र अफ हुने बारम्बार भैरह्यो ।

यसैगरी पाँच दिन जति बित्यो । दिपेनकै साथी मध्येकै एकजनाले हत्याको सुइँको पाएको हुँदा दिपेनकी आमालाई गएर सुनाई दिए । यसपछि मात्र घट्ना बाहिर आयो । सँगै गएका सुवास र राजेशले भने अल्मलाउने, छक्याउने कुरा गरिरहे । दिपेन हामीसँग छुटेकोले उसको फोन चाँहि हामीले लिएका हौं भन्दै रहे । यसपछि शंका लागेर प्रहरीले सुवास र राजेशलाई प्रक्राउ गरी केही दिन थुनेर छाडिदियो । यो बीचमा गोप्य रुपमा पीडक र प्रहरीको लेनदेन भएको हुनसक्ने पीडित पक्षको शंका रहेको देखिन्छ । प्रहरीको शंकास्पद क्रियाकलाप, प्रस्तुती र व्यवहारले पनि यस तथ्यलाई पुष्टि गरेको छ ।

हराएको ११ औ दिनमा अभियुक्तद्धय, प्रहरी र मृतक परिवारका गरी ३०/३५ जनाको समूह घटनास्थल ललितपुर भट्टेडाँँडास्थित खोजीमा निस्कियो । घटनास्थलमा अभियुक्तले सही ठाउँ नदेखाई अल्मलाइ रहे । रातको ११ बजेसम्म पनि लास प्राप्त नभएको खोजीमा जानेले बताएका छन् । राती अबेर भदौं १ गतेका दिन बोरामा हालेको अवस्थामा, ढुंगाको ओडार जस्तो कापमा सडेको लास प्राप्त भएको थियो । मृतकका परिवारको गुनासो छ ,‘लास प्राप्त भएर गाडीमा हालेर अलि तल बाटेमा झरेपछि प्रहरीले घटना जे हुनु भइहाल्यो, अब मिल्नुपर्छ भन्नुले हत्या निर्ममतापूर्वक भएको शंका उब्जिएको छ । ’

महानगरीय प्रहरीवृत्त चापागाँउका डिएसपी भन्छन :

महानगरीय प्रहरीवृत्त चापागाँउका डिएसपी कृष्णराज ओझाले प्रहरीबाट गल्ति भए नैतिक जिम्मेवारीका आधारमा आफुहरुले समेत कारबाही भोग्ने र पीडित परिवारलाई न्याय दिलाउन अनुसन्धानको दायरा बढाएको बताएका छन् । तर पीडित परिवारले लगाएको आरोपलाई डिएसपी ओझाले किटानी जाहेरी दर्ता भएसँगै परिवारलाई मिलाएर पठाएको जानकारी दिए । प्रहरीबाटै घटना दबाउन ,जघन्य अपराधलाई समेत कुनै पैसा लिएको घटना मिलाउन खोजेको भन्दै पीडितहरुको आरोपमा सत्यता नभएको दावी गर्छन् । चापागाँउ प्रहरीभित्र त्यस्तो घटनालाई दवाउने चलखेल भए आफु र सहकर्मीहरुलाई समेत कारबाही गर्ने दावी गरे । ‘ घटनालाई प्रहरीले मिलाउन खोजेको भनेर गलत प्रचार गरियो ,त्यो गलत हो, घटनामा प्रहरीको कनेक्शन भए हामी कारबाही भोग्न तयार छौं । ’
गम्भीर फौजदारी हत्याको घटनामा प्रहरीले कुनै चलखेल गर्नु नपर्ने बताउँदै डिएसपी कृष्णराज ओझाले पीडितहरुलाई न्याय दिलाउन आफुले घटनाको अनुसन्धानमा लागेको समेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank