प्रचण्डको ब्रिफिङ- भ्रष्टाचारविरुद्ध पहलकदमी लिँदा लिँदै सरकारबाट बाहिरिनुपर्‍याे

दलित अनलाईन ११ श्रावण २०८१, शुक्रबार २०:२५

काठमाडौँ  — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समीरकण परिवर्तन गरेर जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्रदान गरेको बताएका छन्।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाले उनले सरकारमा रहँद जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा निकै राम्रो पहलकदमी लिँदा लिँदै सरकारबाट बाहिरिनु परेको बताए।

उनले साेही कारण जनतासँगको टुटेको कडीलाई सुदृढ गर्ने ऐतिहासिक अवसर प्राप्त भएको ब्रिफिङ गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

‘अध्यक्षले अहिलेको वर्तमान परिस्थितिको बारेमा सविस्तार चर्चा गर्नुभयो। उहाँले दिशा निर्देश पनि गर्नुभयो। हामी सरकारमा रहँद जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा समग्रमा निकै राम्रो पहलकदमी लिएका थियौँ, त्यो पहलकदमी लिँदा लिँदै समीकरण परिवर्तन गरियो, यसले हामीलाई फेरि ठूलो ऐतिहासिक अवसर जुटेको छ। जनतामा जाने, हाम्रो कही न कहीँ जनतासँगको कडी टुटेको थियो, त्यसलाई सुदृढ गर्ने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको छ’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank