साैर्य जहाज दुर्घटना जहाज दुर्घटना: शाेकमग्न बन्याे शिक्षण अस्पताल [तस्बिरहरू]

दलित अनलाईन ९ श्रावण २०८१, बुधबार १९:१३

काठमाडौँ  — साैर्य एयरलाइन्सको जहाज दुर्घटनाका मृतकहरूकाे शवले भरिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यसबेला शोकमा डुबेको छ।

बुधबार बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर काठमाडौँबाट पोखराका लागि उड्ने क्रममा ९ एन-एएमई कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो।

दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियाे भने पाइलट मनिष शाक्यको जीवितै उद्धार गरिएकाे थियाे। उनकाे काठमाडौँ मेडिकल कलेजमा उपचारका भइरहेकाे छ।

मृत्यु भएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

शव अस्पताल ल्याएपछि शोकमा डुबेका मृतकका परिवारहरूको रुवाबासीले अस्पताल शोकमा डुबेको हो। अस्पतालमा शवहरूको पोस्टमार्टम सुरु भएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank