काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनियताको शपथ लिएसँगै नौ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । नव नियुक्त सबै मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ खाएका छन् । नवनियुक्त आठै जना मन्त्री विना विभागिय हुन् । नवनियुक्त मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिइएको छैन ।
आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका थिए । आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले र कांग्रेसका ५६ सांसदको समर्थन छ । यहाँ ८७ सदस्यीय प्रदेश सभा छ । अर्घाखाँचीबाट निर्वाचित आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक मन्त्री बनेका थिए ।
यी हुन् लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री:
१. भूमिश्वर ढकाल
२. दिनेश पन्थी
३. बादशाह कुर्मी
४. धनेन्द्र कार्की
५. सरोज थापा
६. प्रचण्ड विक्रम न्यौपाने
७. खेम बहादुर सारु
८. सीता शर्मा
Leave a Reply