नयाँ सत्ता गठबन्धन प्रतिगमनतिर जाने खतरा रहेको दलित सम्बद्ध चार संगठनको निष्कर्ष

दलित अनलाईन ४ श्रावण २०८१, शुक्रबार २०:४७

काठमाडौँ  — समाजवादी मोर्चा नेपाल सम्बद्ध चार दलित मोर्चा-संगठहरुले काङ्ग्रेस एमाले सम्मीलित नयाँ सत्ता गठबन्धन प्रतिगमनतिर जाने खतरा रहेकोले प्रतिगमन विरुद्ध अघि बढ्न आह्वान गरेका छन् ।

शुक्रवार एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै यी संगठनहरुले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता जनयुद्ध र जन आन्दोलनका उपलब्धि उल्ट्याउन खोजे सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल समाजवादी दलित मुक्ति मोर्चा अध्यक्ष शिव बहादुर वर्मा,नेपाल दलित मुक्ति संगठन अध्यक्ष गणेश बिश्वकर्मा,नेपाल दलित मुक्ति मोर्चा अध्यक्ष दलजीत श्रीपाली र श्रमिक समुदाय मोर्चा नेपाल अध्यक्ष रामलाल सीद्वारा जारी बिज्ञप्तिमा- नयाँ सत्ता गठबन्धनको सोंच र क्रियाकलापले देशलाई दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु – लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक-समावेशी सहितकाे नेपालकाे संविधान नै उल्टयाउने र देशलाई प्रतिगमनतिर फर्काइ देशमा घोर तानाशाही र फाँसीवादी व्यवस्था लाद्न खाेजेकाे कुराले प्रतिगमनतिरको दिशातिर लैजाने खतरा रहेको उल्लेख गरिएको छ।

४ मोर्चा राजनीतिक संगठनहरु नयाँ सत्ता गठबन्धनको यस रवैयाको घोर निन्दा एवं भर्त्सना गदै यस प्रकारको गम्भीर त्रुटिलाई सच्याइ समानुपातिक एवं समावेशीको मर्म र भावना अनुरुप यो समुदायलाई सम्मान, न्याय तथा अधिकार प्रदान गर्न हामी सरकार संग जोडदार माग समेत गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ  -दलित समुदायको समग्र हक अधिकारसंग सम्बन्धित दलित आन्दोलनले उठाउदै आएका मागहरूको विषयमा गम्भीर हुन र अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ । यस सन्दर्भमा दस वर्षे जनयुद्ध र ०६२-०६३ को ऐतिहासिक जनक्रान्तिको उपलब्धि एवं संविधानमा रहेका प्रगतिशील एजेन्डाको रक्षाको लागि सम्पूर्ण दलित समुदाय, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग लगायत आम परिवर्तन पक्षधर जनसमुदाय एकजुट भै प्रतिगमन विरुद्ध अघि बढ्न आह्वान समेत गरेको छ ।

विज्ञप्तिको पूर्ण पाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank