काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेले सोमबार शीतल निवासमा आयोजित विशेष समाराेहमा ओलीलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराएका हुन्।
नेकपा एमालेका अध्यक्षसमेत रहेका उनलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेलगायतका दलका सांसदहरुको समर्थनमा ओली प्रधानमन्त्री भएका हुन्।
Leave a Reply