प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

दलित अनलाईन ३२ असार २०८१, सोमबार ११:४४

काठमाडौँ  —  संविधानको धारा ७६ काे उपधारा २ अनुसार गरिएकाे प्रधानमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्रीको नियुक्तिविरुद्ध साेमबार खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट गरेका हुन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए। चापागाईं, गुप्ता र अधिकारीले प्रधानमन्त्री ओलीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका हुन्।

साथै उनीहरूले संविधानको धारा ७६ काे उपधारा ३ अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गर्न माग गरेका छन्। तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो।त्यसपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबी पेश गर्न आह्वान गरेका थिए।

साेहीअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष शुक्रबार राति नै प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए। राष्ट्रपतिले उनलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank