काँग्रेसबाट लेखक गृहमन्त्री र आरजु परराष्ट्रमन्त्री, अरू को-को बन्दै छन् ?

दलित अनलाईन ३२ असार २०८१, सोमबार १०:५०

काठमाडौँ  —  नेपाली काँग्रेसबाट मन्त्री हुनेहरूको नाम टुंगिएको छ। प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सरकारमा जाँदैछ। उनलाई उपप्रधानसहित सहरी विकास मन्त्रालय दिइने भएको छ।

त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ। त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दिपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन्। यस्तै ऐनबहादुर शाही वनमन्त्री निश्चित भएको छ।

सभापति शेरबहादुर देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ।

जसमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ भने अन्य दुई मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबेदारी रहेको छ। यी चारमध्ये दुईको नाम टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफल गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank