जनताको जिउधनको रक्षाका लागि राज्यको सम्पूर्ण तागत लगाउन प्रधानमन्त्रीको निर्देशन

दलित अनलाईन २५ असार २०८१, सोमबार ११:१९

काठमाडौँ  — प्रधानमन्त्री पुष्पकमल दाहालले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन्।

अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्ने बताए।

‘विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ। उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौं,’ उनले भने, ‘यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔं।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank