बारेकोट पहिरो : गाँसको खोजीमा दलित बस्तीहरु !

लोकेन्द्र बिश्वकर्मा १२ श्रावण २०७७, सोमबार १८:२७

जाजरकोट— जिल्लाको बारेकोट गाउँपालिकामा गत महिनाको अविरल वर्षाले अधिकाशं बस्तीहरुमा बाढी, पहिरो खनिएको छ । पहिरो खनिदा बारेकोटका १,४, ५, ६ र  ७ का दलित बस्तीका मानिसहरु जंगल, विद्यालयको चौरमा टहरा बनाई बसिरहेका छन् । पहिरोले घरहरु बगाउँदा उनीहरु आफ्नो ठाउँबाट विस्थापित हुनुपरेको हो । अहिले उनीहरु गाँस, बाँस, कपासको खोजीमा भौतारी रहेका छन् ।

गाँसको खोजीमा रहेका दलित वस्तीहरु भैलोखान, सार्कीटोल जीरी, गोठगाउँको तल्गाउँ, कालाखोली, ताँसी, नौलपैना धुमा, स्याला लगायतका बारेकोटका ६ सय घर भन्दा बढी दलितबस्तीहरु विद्यालय र जंगलहरुमा टहरा बनाई बस्न बाध्य भएका हुन् ।

टहरा र चौरमा रातदिन काटिरहेका सार्कीटोलका ३३ घरधुरी, कालाखोलीका ४० भन्दा बढीघरपरिवारहरु केहि स्थानिय विद्यालय सिल्चौरमा, केही भैसीबान्ना भन्ने जंगलमा बसिरहेका भएका छन् । उनीहरुलाई हातमुख जोड्न नै समस्या परेको छ । यी बस्तीहरुमा मात्र नभएर अहिले बारेकोटका ६ सय भन्दा बढी दलितबस्तीहरुले खाद्यान्नको अभाव झेल्दै आएका छन् ।

गाँसमा राजनीति कहिले र कति सम्म ?

बारेकोटमा यतिबेला अधिकांश दलित बस्तीहरुलाई भनेर राहत तथा उद्धारका लागि बजेटको तर्जुमा भइरहेको छ । तर विडम्वना हुँदा खानेहरु भन्दा पनि हुने खानेहरुले राहत तथा उद्धार पाएका छन् ।

गत महिनाको अविरल वर्षाको कारण बारेकोट गाउँपालिका ६ ताँसीका लिलबहादुर नेपालीको घरमा बाढी पहिरोले १२ वटा बाखा्र, कुुखुरा लगायतमा पुर्ण क्षति पु¥याएको छ । अहिले लिलबहादुरको परिवार आफन्तहरु संग बसिरहेका छन् । यता वडा कार्यालयमा खाद्यान्न सामग्री थन्कीरहँदा समेत वडाहरुले यस्ता दलित बस्तीहरुलाई भने वितरण गर्न सकेका छैनन् ।
यस्तै बाढी पहिरोले खेतबारी लगिसक्दा गाउँपालिका तथा अन्य निकायबाट दलित बस्तीहरुलाई भनेको राहतहरु आफनो पार्टी कार्यकर्तालाई मात्र दिएको बारेकोट ५ भैलोखानकी माया सार्की बताउँछिन् । घरमा हातमुख जोड्नै कठिन भईरहेको बेलामा स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारले पठाएको खाद्यान्न राहत भने बीच बाटोमै आफना कार्यकर्ता पार्टीलाई दिएको उनी गुनासो पोख्छिन् ।

राहत तथा उद्धार नामक पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रम !

बारेकोटमा अहिले राहत तथा उद्धार नामक पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रम गरिरहेका छन् । यता दलित तथा विपन्न बस्तीहरु भने भोकले मर्ने बेलामा केन्द्रिय, प्रदेश सरकारका नेता भनाउँदाहरुले राहत ल्याऔ भन्दै आफना पार्टीका कार्यकर्तालाई दिएको बारेकोट ४ जिरी तिरुवाटोलका राईबहादुर तिरुवाले बताए । दलित पार्टीका कार्यकर्ताले मात्र पाउने हो भने बारेकोटमा रहेका विभिन्न दलित बस्तीहरु भोकै मर्ने भएको उनको गुनासो रहेको छ ।

यतिबेला महामारी संगै बारेकोटमा अर्काे विपत आएको छ । बाढी पहिरोबाट विस्थापित दलितबस्तीहरुलाई मात्र नभई अन्य बस्तीहरुमा पनि भोकभोकै मर्नुपर्ने अवस्था रहेको छ । स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले भोकमरी न्युनिकरण गर्ने कुनै तयारी नै गरेका छैनन् । वस्तीहरुमा भोकभोकै मर्नुपर्ने अवस्थाको सिर्जना भईसकेको छ । पार्टीका कार्यकर्ता भोक र रोगबाट बचाँउ अभियान चलाइरहँदा सामान्य जनताहरुलाई भने बिहान र बेलुका हातमुख जोड्न नै कठिन भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank