नेकपा एसले घोषणा गर्‍यो ९३ केन्द्रीय सदस्य

दलित अनलाईन २२ असार २०८१, शुक्रबार १७:४७

काठमाडौँ  — नेकपा एकीकृत समाजवादीको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ।

अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी नगरी अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका हुन्।

साविक पोलिटब्यूरो ९९ सदस्यीय भएपनि विदेशमा रहेका, शारीरिक रूपमा अशक्त भएकाहरू बाहेक गरी ९३ सदस्य समेटेर केन्द्रीय कमिटी घोषणा गरिएको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार अब १० दिनभित्र केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन हुने र बाँकी केन्द्रीय सदस्यहरूको नाम पनि सार्वजनिक गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank