अख्तियार आयुक्तको घरमा ललितपुर महानगरले चलायाे डाेजर

दलित अनलाईन २० असार २०८१, बुधबार १७:३६

काठमाडौँ  — अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरमा ललितपुर महानगरपालिकाले डाेजर चलाएकाे छ। ललितपुर महानगर–१० चाकुपाटस्थित अमात्यको घरमा नगर प्रहरीले बुधबार दिउँसो डाेजर लगाएर पर्खाल (कम्पाउन्ड) भत्काएको हाे।

अमात्यले गुठीको जग्गा हडपेर घरको कम्पाउन्ड निर्माण गरेपछि भत्काइएको महानगरले जनाएकाे छ। अमात्यले गुठीको जग्गा मिचेर घर बनाएपछि गुठीयारहरुले भत्काउन प्रशासन गुहार्दै आएका र सोहीअनुसार घरको पर्खाल भत्काइएको मेयर चिरिबाबु महर्जनले जानकारी दिए। उनका अनुसार स्थानीयको मागअनुसार नै गुठी तथा मन्दिरको जग्गा खाली गरिएको हो।

मेयर महर्जनका अनुसार यो वर्ष पर्ति र ऐलानी जग्गाको संरक्षणको लागि आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटिएको छ। गुठीयारहरुको देवता रहेको मुख्य ठाउँ हो। तर व्यक्तिले मन्दिर र पाटी पौवाको बीचबाट गेट नै निर्माण गरेपछि स्थानीयले भत्काउन पहल गर्दै आइरहेका थिए।

डा. अमात्यले उक्त घर डेढ वर्षअघि खरिद गरेकी थिइन्। पछि उनले सँगै रहेको जग्गा पनि हडपेर टहरा र गेट निर्माण गरेकाे बुझिएकाे छ। अमात्यले गुठीको जग्गा हडपेर घरको कम्पाउन्ड निर्माण गरेको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank