लमजुङमा पहिरोबाट एकजनाको मृत्यु, चार बेपत्ता, दुई घाइते

दलित अनलाईन १३ असार २०८१, बुधबार १२:१९

काठमाडौँ  — लमजुङको बेसीसहर नगरपालिका-११ चिति स्याउतमा गएराति पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन्।

पहिरोमा परी उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन्।  घाइते दुबै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो।

यसैगरी लमजुङको क्ब्होंलासोथर गाउँपालिका-३ उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति गएको पहिरोमा परी ४ जनाको बेपत्ता भएका छन्। वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाउँदा चारजना बेपत्ता भएका हुन्।

पहिरोमा परी ६९ वर्षीय रूद्रमान गुरूङ, बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरूङ, दुई नातिनीहरू ७ वर्षीया ईच्छा गुरूङ र ५ वर्षीया नम्रता गुरूङ बेपत्ता छन्।

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली पुगेको छ। उत्तरकन्याका वडाअध्यक्ष आसविर गुरूङका अनुसार पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य भैरहेको छ।

seals berry

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank