जातीय छुवाछूत तथा भेदभाव गरेको आरोपमा सुर्खेत अस्पतालका व्यवस्थापक भक्तबहादुर शाही

दलित अनलाईन ३ असार २०८१, आईतवार २०:०३

काठमाडौँ  — आफ्नै अस्पतालमा कार्यरत सुरक्षा गार्डलाई जातीय छुवाछूत तथा भेदभाव गरेको आरोपमा सुर्खेत अस्पतालका व्यवस्थापक भक्तबहादुर शाही पक्राउ परेका छन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत अस्तालमा सुरक्षा गार्डका रूपमा कार्यरत टीकाराम विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा अस्तालका व्यवस्थापक शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

विश्वकर्माले जाहेरी दिएपछि अनुसन्धानका लागि शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माले जानकारी दिए।

डीएसपी विश्वकर्माका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी परेपछि गत बिहीबार शाहीलाई पक्राउ गरिएको हो। तर स्वास्थ्य जाँचका क्रममा बेहोस भएर ढलेपछि शाहीलाई प्रहरीको निगरानीमा प्रदेश अस्पताल भर्ना गरिएको उनले बताए।

प्रहरीका अनुसार ६५ वर्षका विश्वकर्मालाई गत जेठ २८ गते अस्पतालकै सुरक्षामा खटिएका बेला राति साढे ११ बजेतिर सुर्खेतको भेरिगंगा नगरपालिका स्थायी घर भएका ३५ वर्षका अस्पतालका व्यवस्थापकले ‘तँ कामी, डुम, दलित यस अस्पतालमा काम गर्न पाउँदैनस्’ भनी जातीय रूपमा होच्याउने गाली गर्दै गलतहत्याएर अस्पताल हातबाट निकालेको जाहेरीमा उल्लेख छ।

शाहीको उपचार जारी रहेको र स्वास्थ्य सामान्य भएपछि पुन: हिरासत लगिने र थप अनुसन्धान गरिने सुर्खेत प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank