सुदूरपश्चिम सरकारको बजेट साढे ३१ अर्ब [पूर्णपाठसहित]

दलित अनलाईन २ असार २०८१, शनिबार २०:३४

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३१ अर्ब ६२ करोडको बजेट ल्याएको छ।

शनिबार प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।

सुदूरपश्चिममा चालुतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार विनियोजन गरिएकोमा पूँजीगत तर्फ भने १६ अर्ब ५३ करोड ८ लाख विनियोनज गरिएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको अधिकांस हिस्सा संघीय सरकारको अनुदानमै भर परेको छ।

आन्तरिक राजश्व परिचालन तर्फबाट १ अर्ब ६० करोड, राजश्व बाँडफाँड तर्फबाट ९ अर्ब  ९९ करोड, संघीय रोयल्टी बाँडफाँडबाट ४ अर्ब ४० लाख, समानीकरण अनुदान ८ अर्ब७२ करोड, ससर्त अनुदान ३ अर्ब १३ करोड, संघीय समपूरक अनुदान १ अर्ब ४२ करोड र विषेश अनुदानबाट ५५ करोड बजेट अनुमान गरिएको छ।

सरकारले भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा धेरै १३ अर्ब ३५ करोड, भूमि व्यवस्था कृषि तथा सहकारी क्षेत्रमा तीन अर्ब ९ करोड, उद्योग पर्यटन वन तथा वातावरण क्षेत्रतर्फ दुई अर्ब ४ करोड, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रतर्फ ६ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।

पूर्ण पाठ हेर्नुस्:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank