कर्णालीको बजेट ३१ अर्ब ४१ करोड [पूर्णपाठसहित]

दलित अनलाईन २ असार २०८१, शनिबार २०:२५

सुर्खेत—   कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ।

शनिबार कर्णाली प्रदेश सभा बैठकका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको हो। प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रहेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिए।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख, चालू आर्थिक वर्षको बचतबाट ५ अर्व १३ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम ९ अर्ब ३८ करोड र बित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ३६ करोड रुपैयाँ र ससर्त अनुदानबाट ३ अर्ब ७१ लाख परिचालन गरिने उनले बताए।

पूर्ण पाठ हेर्नुस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank