अजित मिजारको हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन

दलित अनलाईन १२ बैशाख २०८१, बुधबार १९:३४

काठमाडौं— अजित मिजारको न्यायका लागि विभिन्न दलित संगठनहरुले सरकारको खबरदारी गरेका छन्।

बुधबार एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले काठमाडौंको माइतीघरमा मिजारको हत्यारामा संलग्नलाई कारबाही र पीडित परिवारलाई न्यायका संयुक्त प्रदर्शन गरेका हुन्।

खबरदारी कार्यक्रममा जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सदस्य शान्तिशंखर गजमेरले दलितहरुमाथि धेरै हिंसा भए पनि राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाइरहेको आरोप लगाएकी छन्।

उनले भनिन्, ‘यो जात व्यवस्थालाई संरक्षण गर्ने यो राज्यले पीडितहरुको पक्षमा न्याय नदिने गरेको छ। यो अजितको मात्रै होइन, धेरै दलितहरूमाथि हत्या, हिंसा र बलात्कार जस्ता घटनाहरू हुन्छ । तर राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाउने व्यवस्थाको विरुद्ध हामी छौं।’

गजमेरले मिजारको न्यायका लागि ८ वर्षदेखि आन्दोलनरत रहेको भन्दै उनको परिवारले न्याय नपाउञ्जेलसम्म सडक आन्दोलन जारी राख्ने बताएकी हुन्।

खबरदारी कार्यक्रममा जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सदस्य शान्तिशंखर गजमेरले दलितहरुमाथि धेरै हिंसा भए पनि राज्य निर्मम भएर पीडितहरुमाथि नै शासन चलाइरहेको आरोप लगाएकी छन्। 

यस्तै, अजित मिजारको बाबु हरिभक्त ढकालले मिजार ७३ सालमा भएको घटनामा हालसम्म पनि न्याय नपाउँदा सडकमा आउन बाध्य भएका बताए।

उनले भने, ‘अजितको आज सर्वोच्चमा तारिक थियो। त्यही कारणले म काठमाडौं आएको थिएँ। तर फेरि जेठ २१ गतेलाई तारिक राखिदिएको छ। यस्तै ताल हो भने अदालतले हामीलाई न्याय दिँदैन। न्याय दिने भए ७३ सालदेखि ८१ साल लागिसक्यो, अझैसम्म नपाएको न्यायको लागि सडकमा नै आउनुपर्ने बाध्य भएका छौ।’

काभ्रेको पाँचखाल नगरपालिका–६ होक्सेका १८ वर्षीय अजित २०७३ असार ३० गते धादिङको परेवाटारमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। शवको सनाखत नभएपछि प्रहरीले तत्कालीन कुम्पुर गाविसको अनुमति लिई अजितको शव पोस्टमार्टम गरी शव गाडेको जानकारी पाएपछि अजितको परिवार धादिङ पुगेको थियो। तर, अन्त्येष्टिका लागि अजितको शव उत्खनन गरेपछि पोस्टमार्टम नभएको खुलेपछि उनको हत्या भएको आशंका गरिएको थियो।

उनले २०७३ असार २५ गते एक स्थानीय युवतीसँग अन्तर्जातीय प्रेम विवाह गरेका थिए। केटी पक्षबाट ज्यान मार्ने धम्की आएको र शव गाडिनु नै शंकास्पद भएको भन्दै मिजारको परिवारले हत्या गरेको आरोपमा मुद्दा दर्ता गराएको थियो।

जिल्ला अदालत धादिङ, उच्च अदालत ललितपुरले मिजारलाई न्याय दिलाउन नसकेपछि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank