बीआरआई परियोजनामार्फत नेपालमा विकास र समृद्धिलाई तीव्रता दिन चाहन्छौं : प्रचण्ड

दलित अनलाईन २१ आश्विन २०८०, आईतवार १८:३३

काठमाडौँ —   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको दाबी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक सेमिनारलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परियोजना छनोट र कार्यान्वयन हुने गरि अगाडि बढाउन नेपाल सरकारको स्पष्ट रहेको जानकारी गराएका हुन्।

‘विगतमा म आफैँ सरकारको नेतृत्वमा रहँदा र महामहिम राष्ट्रपति सी चीनफिङको २०१९ मा भएको ऐतिहासिक भ्रमण र त्यसपछि पनि भएका विभिन्न द्विपक्षीय भ्रमणका उपलब्धीलाई संश्लेषण गर्दै बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ।’उनले भने,‘अब बीआरआई परियोजना मनोकामनाको सूची नभई कार्यान्वयनयोग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बीआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने छौं। यो नेपाल सरकारको स्पष्ट धारणा पनि हो। ’

प्रधानमन्त्री प्रचण्डले नेपाल बीआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहेको बताए। ‘बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रश्नहरू यदाकदा सुनिने गरेका छन्। यसका लागि कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहरू समेत जिम्मेवार छन्। तर नेपाल बीआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहन्छ। नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुनेछ भन्ने महामहिम राष्ट्रपति सी चीनफिङको भनाइप्रति मेरो पूर्ण सहमति छ, जुन कुरा मैले केही दशकदेखि दृढतापूर्वक भन्दै पनि आएको छु। अब हामीले उक्त युक्तिलाई वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्नेछ।’ उनले भने, ‘यस्ता परियोजनाको वित्तीय लगानीको मोडेलका बारेमा हामी अझ मसिनो ढङ्गले छलफल गर्नेछौं। चिनियाँ पक्षले पनि लगानी सम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने हाम्रो विश्वास छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank