राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

दलित अनलाईन १८ आश्विन २०८०, बिहीबार २०:३८

काठमाडौँ —  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतले छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

नेपालका लागि स्वीटजरल्याण्डका आवासीय राजदूत डेनियल मेउली मोन्टेलोन र युरोपियन युनियनका लोरेन्जो भेरोनिक प्रमाणपत्र राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका हुन् ।

यसैगरी, नेपालका लागि स्विडेन अधिराज्यका जन थेस्लेफ, हंगेरीका स्तभान स्जाबो र चेक गणतन्त्रका डा. एलिस्का जिगोवा हुनुहुन्छ । 

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थित थियो । नवनियुक्त राजदूतको राजधानी होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिल्लासहित बग्गीमा सवार बनाइएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank