न्याय नपाएको भन्दै पीडित साह परिवारको आक्रोश, सहयोगका लागि नागरिक समाजसँग आग्रह  

दलित अनलाईन ३१ भाद्र २०८०, आईतवार १५:४०

काठमाडौं —तीन महिना भन्दा लामो समयदेखि निरन्तर ध्यानाकर्षण गराउँदा पनि सरकारले न्याय नदिएको भन्दै आरती साहका परिवारले  आक्रोश पोखका छन्।

साहको न्यायका माइतीघरमा तीन महिनादेखि धर्नामा बसेका उनका परिवारले  राज्यले नागरिकलाई कानूनी शासनको प्रत्याभूति दिलाउनुपर्नेमा राज्य प्रशासनबाटै न्याय माग्ने क्रममा आफूहरुलाई पीडा दिएको दुखेसो गरे।
सरकारले आफ्ना जायज मुद्दा वेवास्ता गरेको भन्दै आरतीको माइती पक्षले आम नागरिकलाई न्यायको लागि आवाज उठाउन अपिल गरेका छन्। राम्ररी नेपाली बोल्न नजान्ने मृतक आरतीकी बहिनीले आफूहरु न्याय माग्न जाँदा प्रहरी प्रशासनले दुःख दिएको र बयान फेर्न दबाब दिएको आरोप लगाइन्। प्रहरीले घटनापछि बयान लिन बोलाउँदा प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक प्रकाश गौतमले आफूहरुलाई कुटेको उनको आरोप छ।

उनले भनिन्, ‘त्यहाँका प्रहरी विश्वराज खड्काले हामी सबैजनालाई (५) कुटपिट गरेर थुन्देको थियो। विश्वराज खड्काले जवर्रजस्ति राती ९ बजेतिर गाडि पार्किङ गर्ने ठाउँमा लगेर जवरैजस्ती खुट्टा ढोग्न लगाए र मेरो बुबालाई धम्की दिए। तिम्रो छोरी त मरिन भएका अरु छोराछोरीलाई पनि मार्दिम? कहाँ जान्छौ सिआइबी अनुसन्धान चाहियो रे, खुरुक्क साइन गर नत्र ज्यान मार्ने भनेर धम्की दिएर जहाँ भन्यो त्यहाँ सहि छाप लगाएर र खुट्टा ढाोगे पछि बल्ल हामीलाई त्यहाँ बाट बाहिर निस्किन दिए।’

मृतक आरती साहको आमा, भाई ,बहिनी र बुबा असार १ गतेबाट मृतक छोरीको न्यायको लागि भन्दै माइतीघरमा धर्नामा छन्। २०८० असार १ गतेबाट उनिहरुले दाइजोको निहुँमा कुटपिट गरी साहको हत्या गरिएको र पीडक पक्षलाई प्रशासनको समेत संरक्षण रहेको साह परिवारको आरोप छ। यति लामो समयदेखि न्यायको अपील गर्दा समेत प्रशासनले कुनै वास्ता उनीहरुको गुनासो छ।

लामो समयबाट अपराधीमाथि कारबाही र आफ्नो मृतक दिदीको न्यायको लागि माग गर्दै आएपनि कसैले नसुनेको भन्दै मृतकको भाई प्रेम साहले सहयोगको याचना गरे। ‘हामीले यहाँबाट न्याय पाएनौ भने भोलिका दिनमा हजारौंले न्याय पाउँदैन। त्यसैले सबै नागरिक उठेर अब न्यायको लागि आवाज उठाऔँ। पार्टी पोलिसि नगरौं न्यायको लागि मात्रै लडौ भनेर सबैलाई भन्छु। र कम्तीमा लेखेको नियम फलो होस्। नलेखेको नियमबारेमा त भन्नै सक्दैनौ। जो लेखिएको छ त्यो कम्तीमा लागू होस्, फलो होस। कानून सबैलाई लाग्नुपर्छ,त्यसको लागि सबै जनाले आवाज उठाउनको लागि हामीलाई सहयोग गर्नुहोस्,’ प्रेम साहले भने।

छोरी आरती साहको हत्या भएको दाबी गर्दै न्याय माग्न धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापचोककी निर्मलादेवी साह सहितका परिवार माइतीघरमा धर्ना बसेको छन्। छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको उनीहरुको दाबी छ। छोरीलाई दाइजो नल्याएको निहुँमा सासू रेणुदेवी साह, ससुरा मदनमोहन साह, श्रीमान् मोतीबाबु र देवर रवि साहले निर्घात कुटपिट गरी हत्या गरेको आमा निर्मलादेवीको जिकिर छ।

गत जेठ ७ गते २२ वर्षीया आरतीको मृत्यु भएको थियो। आरतीका श्रीमान्, सासूससुरा र देवरलाई पक्राउ गरी मुद्दा अगाडि बढाउनुपर्ने तथा स्वास्थ्यकर्मी, सरकारी वकिलमाथि छानबिन नगर्दासम्म धर्ना जारी राख्ने माइती पक्षको भनाइ छ। उनिहरुले यस विषयमा गृहमन्त्रालय, मधेसी आयोग, मानवअधिकार आयोगलगायतका सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाई सकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank