काठमाडौँ — बझाङको बित्थडचिर गाउँपालिकामा दलितमाथि भएको जातीय विभेद घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै अनेरास्ववियुले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बित्थडचिरमा बनाउँदै गरेको घर भत्काएर दलितमाथि अमानवीय विभेद भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार बालुवाटारमा प्रदर्शन गरेको हो ।

बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाउँदै गरेको घर साउन १० गते गाउँलेले भत्काइदिएका थिए। आफूहरुको बस्ती नजिक दलितले घर बनाउन पाइँदैन भन्दै उनीहरुले ओखेडाले बनाउँदै गरेको घर भत्काएका थिए।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अनेरास्ववियु नरेश रोकायाले घटनाका दोषीलाई कारबाही गर्न सरकारले चासो नदिए कडा आन्दोलन गर्ने बताए । उनले जातीय विभेदको जघन्य घटनामा पनि सरकार मूकदर्शक बनेको भन्दै आलोचना गरे ।

रोकायले घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गरे । दोषीलाई कारबाही नभए अनेरास्ववियु आन्दोलित हुने उनलेले चेतावनी दिए ।


























Leave a Reply