हाम्रो देशको विविध क्षेत्रको इतिहास विभिन्न व्यक्तित्वहरुबाट लेखिएको छ । ती लेखनमा व्यक्तिले आफुलाई लागेका कुराहरु लेख्ने गर्दछन् । इतिहास लेखनकर्ताले यथार्थ घटनालाई लेखोस भन्ने आम पाठकको अपेक्षा रहन्छ वा पाठक वर्गले इतिहासकारले यथार्थ नै लेख्छ भन्ने विश्वास गरेर नै पढ्छन् । हामी पाठक पनि आफूलाई मन पर्ने व्यक्तिले लेखेको लेख गलतै लेखिएको भएपनि गुणगान गर्दै हिँड्ने एकातिर, अर्कोतिर आफूलाई मन नपर्ने व्यक्तिले लेखेको छ भने सहि नै लेखेको भएपनि बद्ख्वाइँ गरि हिँड्ने बानी छ । हुन त यी दुवै संस्कार गलत हुन् । सेतोलाई सेतै र कालोलाई कालै लेख्न नसक्ने लेखक र इतिहासको गलत लेखन पढेर पनि प्रतिबाद नगर्ने सम्बन्धीत इतिहासका जानकार पाठकहरुका कारण नै हाम्रो देशको यथार्थ इतिहास ओझेलमा परेको छ । यहाँ जबरजस्ती दबाउन खोजिएको इतिहासलाई उजागर गर्ने जमर्को गरिएको छ ।
हालसालै स्मृतिमा स्वनाम नामक स्मृति ग्रन्थ मेरो हातमा प¥यो । त्यसलाई सरसर्ती अध्ययन गर्दा पेज नं.३४४ देखि ३५२ सम्म जम्मा ९ पेजमा समेटिएर्को “जनताको ज्ञानपुञ्ज स्वनाम साथी” शिर्षकको रणेन्द्र बरालीको सँस्मरण लेखमा मेरो ध्यान केन्द्रित हुन पुग्यो । यो लेखमा समेटिएका गलत लेखतको बारेमा नै मेरो खण्डन प्रक्षेपण छ । हुन्छ त हामी शिलशिलेवार जान्छौ ।
१) “लामो समय पुष्पलालको नेतृत्वको नेकपामा काम गरेतापनि २०३१ सालको फुटपछि हामी २०३७ सालसम्म नेमकिपामा थियौँ ।” [ स्मृतिमा स्वनाम, स्मृतिग्रन्थ, पृष्ठ ३४६ प्रकाशक –माक्र्सीय गुरुकुल, प्रकाशन मिति १७ साउन २०७९ ]
“२०३१ सालको फुटपछि हामी २०३७ साल सम्म नेमकिपामा थियौँ” यो भनाइ सरासर गलत छ । २०३१ सालको फुटपछि रुपलाल विश्वकर्माको नेतृत्वमा क्रान्तिकारी किसान संगठन नेपालको स्थापना भएको थियो । यही संगठनको नेतृत्वमा विभिन्न किसान आन्दोलनहरु भएका थिए । किसान आन्दोलनको उत्कर्ष स्वरुप २०३४ साल असार ६ गते जुगेडी किसान संघर्ष भएको थियो । यही किसान संघर्षको सकारात्मक प्रभावले छिरलिएर रहेका कम्युनिष्ट बिचारप्रति आस्था राख्ने समूहहरु एकिकृत हुने वाताबरण बनेको थियो । फलस्वरुप २०३५ सालमा पश्चिम नेपालमा क्रियाशिल हरेराम शर्माको नेतृत्वमा रहेको सर्वहारावादी क्राान्तिकारी संगठन नेपाल, बाग्मती अञ्चलमा क्रियाशिल नारायणमान बिजुक्छेको नेतृत्वमा रहेको किसान संगठन, जनकपुर अञ्चलमा क्रियाशिल धु्रव ढकालको नेतृत्वमा रहेको किसान संगठन र किसान आन्दोलनको ऐतिहासिक नमुना कार्य गरेको नारायणी अञ्चलमा क्रियाशिल रुपलाल विश्वकर्माको नेतृत्वमा रहेको क्रान्तिकारी किसान संगठन माझ एकिकरण पश्चात् नेपाल मजदुर–किसान संगठनको स्थापना भएको थियो । “२०३१ सालको फुटपछि” नेमकिपा हैन क्रान्तिकारी किसान संगठन बनेको हो । यो किसान संगठन र यसको सक्रियता २०३५ सालसम्म थियो । इतिहासको यो महत्वपुर्ण कालखण्डलाई किन ओझेलमा पार्ने दुष्प्रयत्न गरियो ? जब कि यही कालखण्डमा भएको ऐतिहासिक जुगेडी किसान संघर्षलाई “किसान संघर्ष दिवस” भनेर जुगेडी संघर्ष भएको दिन असार ६ गतेलाई माओवादी धडाका पार्टीहरुले आजपर्यन्त मनाइ रहेका छन् । तपाई पनि उक्त कार्यक्रममा सहभागी भै “काम गर्ने कालु मकै खाने भालु” भने जस्तै जुगेडी संघर्षकर्ताको सम्मान थाप्न पुग्नु भएको होइन ? अनि कसरी बिर्सनु भयो २०३१ साल देखि २०३५ साल ५ बर्षको अवधिमा भएको नेपालको इतिहासमा दुरगामाी प्रभाव पारेको जुगेडी किसान संघर्षलाई संगठित, संयोजन गर्ने क्रान्तिकारी स्प्रिटका साथ क्रियाशिल क्रान्तिकारी किसान संगठनको इतिहासलाई ! २०३५ सालमा स्थापना भएको संगठनलाई २०३१ सालमा स्थापना भएको भन्ने इतिहास लेखेर क्रान्तिकारी किसान संगठन र त्यसको नेतृत्वकर्ता रुपलाल विश्वकर्मा एवं ऐतिहासिक जुगेडी किसान संघर्षका योद्धाहरुको इतिहास लोप पारेर इतिहास लेखि तपाइँले के लाभ लिन खोज्नु भएको हो ? अर्को गलत लिखत यही थप्नु भयो बराली जी तँपाईले “नेमकिपा” मा थियौँ भनेर । जब कि २०३५ सालमा एकिकरण पश्चात बनेको पार्टीको नाम “नेपाल मजदुर–किसान संगठन” हो । यसलाई छोटकरीमा भन्दा “नेमकिसं” भनिन्थ्यो । यहाँ तँपाईले “नेमकिपा” भनेर लेख्नु भयो यो सरासर अर्को झुट हो । “नेमकिपा” कहिले बन्यो ? यस बारेमा थोरै प्रष्ट हुनुपर्ने लाग्यो ।
२०३५–३६ सालमा भएको विद्मार्थी आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालिन शासक वर्गले आफ्नो अमन चयनमा खतरा महशुस गरि त्यसलाई सामसुम पार्ने योजना स्वरुप २०३६ सालमा राजा विरेन्द्रले जनमत संग्रहको घोषण गरे । यो विषयमा नेपाल मजदुर–किसान संगठनको केन्द्रिय समितिमा छलफल गर्न बैठक बस्यो । तेतिबेला पार्टीको केन्द्रिय कार्यालय बिहार स्थित दरभँगामा थियो । यो बैठकले “जनमत संग्रह जनताको अधिकार प्राप्तीको आन्दोलनलाई षड्यन्त्र पूर्वक तरिकाले दबाउन ल्याइएको हो । यो षड्यन्त्रमा हामी अल्झिनु मनासिब हँुदैन । हामी जनसंघर्षको मैदानमा सर्र्मिर्पत हुनुपर्छ । संघर्षकै मैदानबाट जनसंघर्षका पक्षधर शक्तिहरुसँग कार्यगत एकता गर्दै पार्टी एकतासम्मको वाताबरण तयार पार्नु पर्छ” भन्ने निर्णय गरेको थियो । तर उतm निर्णय विपरित केन्द्रिय समितिका ७ जना मध्येका २ जना नारायणमान बिजुक्छे र बुद्धिकुमार गोसाईले भक्तपुरमा गएर बहुदलको वकालत गर्न थाल्नु भयो । त्यसका लागि राजनीतिक मञ्चको आवश्यकता महशुस गरि भतmपुर स्थित आफ्नो क्षेत्रका कार्यकर्ताहरुको भेला गराइ “मजदुर–किसान भेला समिति” नामाकरण गरि बहुदलको प्रचारलाई तिब्रता दिनु भएको थियो । जनमत संग्रह भै सकेपछि उतm “भेला समिति” ले आफूलाई नेपाल मजदुर–किसान पार्टी (नेमकिपा) मा रुपान्तरण गरेको थियो । ल भन्नुस् बराली जी अनि कसरी हामी “०३१ सालको फुटपछि ०३७ सालसम्म नेमकिपामा थियौँ” त । २०३८ सालमा सर्वहाराबादी श्रमिक संगठन बनि सकेपछि मात्र नारायणमान बिजुक्छेको नेतृत्वमा भतmपुरमा नेमकिपा बनेको हो । जुन ब्यतिmसँग जनमत संग्रहको काल देखि नै सम्पर्क टुट्यो । उनैलाई बहुमत केन्द्रिय समितिको बैठकले कारवाही ग¥यो । कारवाही पश्चात ती ब्यतिmले नेमकिपा बनाए अनि “हामी त्यही पार्टीमा थियौँ” भन्ने ! अनि त्यो पार्टीमा हुनुहुन्थ्यो भने त्यो पार्टीबाट छुट्ठीएर नेकपा (माओवादी केन्द्र) मा कहिले आउनु भयो ? त्यो पार्टी त आजपर्यन्त नारायणमान बिजुक्छे कै नेतृत्वमा क्रियाशिल छ हैन र ? होस हवास मै कलम चलाई रहनु भएको छ कि धतुरो खाएर बेहोसमा ! यथार्थ इतिहासलाई लोप पार्ने गरि कलम चलाउने हिम्मत कसरी आयो ? यस्तो लेखाइ लेखिँदा त तँपाईको नियत मै खोट देखिन्छ त बरालीजी !
२) “एकता कै क्रममा बाहाँ फैलाउँदै जाँदा एउटा अति गोप्यवादी कम्युनिष्ट समुह फेला प¥यो, जसलाई पछि सर्वहारावादी कम्युनिष्ट लिग भनेर चिनिथ्यो” [उहि पृष्ठे ] हो, रुपलाल विश्वकर्माको नेतृत्वमा रहेको नेपाल मजदुर–किसान संगठन (नेमकिसं) ले पार्टी एकता गर्ने विषयलाई प्राथमिकता दिइ बिचार मिल्ने पार्टीहरुसँग एकतावार्ता गर्ने कार्यलाई तिब्रता तादिएकै हो । यहि क्रममा अतिगोप्यवादी कम्युनिष्ट समुहका प्रमुख श्यामप्रसाद शर्मासँग पनि एकतावार्ता भएकै हो । अतिगोप्यवादी कम्युनिष्ट समुहलाई नै पछि सर्वहारावादी कम्युनिष्ट लिग भनिएको हैन । हो, अतिगोप्यवादी कम्युनिष्ट समुहबाट पनि बिद्रोह गरेर २ जना नेताहरु २०३५ सालमा सकली निर्माण गर्ने क्रममा आउनु भएको थियो । उहाँहरु सकलीका ५ जना संस्थापक मध्ये पर्नु हुन्छ । स्वनाम, खगेन्द्र सँग्रौला लगाएतका साथीहरु अतिगोप्यवादी पार्टीबाट आउनु भएको हैन । [ हेर्नुहोस यसै संस्मरण ग्रन्थमा सम्बद्ध भएको सकलीका संस्थापक कोषाध्यक्ष खगेन्द्र सँग्रौलाको संस्मरण लेख पेज न. १०९–११५]
एकतावार्ता अतिगोप्यवादी कम्युनिष्ट समूह, सर्वहारावादी कम्युनिष्ट लिग, नेकपा (माले) नेकपा (मसाल) लगायतका अन्य दलहरुसँग पनि भएको हो तर अन्यसँग राजनीतिक, कार्यनीतिक, रणनीतिक ,बैचारिक, सैद्धान्तिक आदि विविध बिषयमा मतान्तर रहनपुग्यो । तसर्थ सर्वहारावादी कम्युनिष्ट लिग (सकली) सँग मात्र एकता हुन पुग्यो । २०३८ सालमा एकता पश्चात् गठित सर्वहारावादी श्रमिक संगठन नेपाल नेपालको राजनैतिक मञ्चमा अस्तित्वमा आइ यसको सकृयता पछि पनि श्यामप्रसाद शर्माको नेतृत्वमा रहेको अतिगोप्यवादी कम्युनिष्ट समुह जीवित थियो । अनि बराली जी तँपाईले कसरी “अतिगोप्यवादी कम्युनिष्ट समुह नै सर्वहारावादी कम्युष्टि लिग (सकली) मा रुपान्तरण भयो” भन्न पुग्नु भयो ? आफ्नै इतिहास त लोप पार्न उद्धत हुनेले अर्काको बाँकी किन राख्न प¥यो र ? हगि !
३) “लामो छलफलपछि २०३८ सालमा आएर लालझण्डा पार्टी, सर्वहारावादी कम्युनिष्ट लिग र मजदुर–किसान संगठनको एकता भयो र पार्टीको नाम सर्वहारावादी श्रमिक संगठन राखियो” । [ उही पृष्ठ ३४६–४७] २०३८ सालमा एकिकरणमा सामेल भएका २ वटा पार्टी सर्वहारावादी कम्युनिष्ट लिग र नेपाल–मजदुर किसान संगठन मात्र हुन । लालझण्डा पार्टी २०३५ सालमा नेपाल–मजदुर किसान संगठनको स्थापना भएपछि त्यो अस्तित्वमा नै थिएन । त्यही अस्तित्वमा नभएको पार्टीलाई एकतामा सामेल गराउनु भएको छ । किन ? साथीहरु, यहाँ मैले लालझण्डा पार्टीको बारेमा प्रष्ट्याउन चाहेँ । बरालीजीको भनाइ अनुसार “२०३१ सालको फुट (पुष्पलालको पार्टीबाट ले.) पछि” पश्चिम नेपालमा हरेराम शर्माको नेतृत्वमा सर्वहारीवादी क्रान्तिकारी संगठन, नेपाल नामक कम्युनिष्ट बिचार मान्ने पार्टीको स्थापना भएको थियो । त्यो पार्टीलाई छोटकरीमा “प्रोन” भनिन्थ्यो । त्यो पार्टीले आफ्नो दस्तावेजको नाम लालझण्डा राखेको थियो । त्यसैले गर्दा त्यो पार्टीलाई लालझण्डा पार्टी पनि भनिएको हो । तसर्थ लालझण्डा पार्टी २०३१ सालबाट २०३४ सालसम्म नेपालको राजनीतिक मञ्चमा थियो । २०३५ सालमा लालझण्डा पार्टी समेत अन्य समुहहरुको माझमा पार्टी एकता पश्चात् नेपाल–मजदुर किसान संगठनको स्थापना भएको थियो । तपाइले ०३८ सालमा सर्वहारावादी श्रमिक संगठन, नेपाल बन्दा लालझण्डा पार्टी पनि एक थियो भनेर लेख्नु भयो । यस बारेमा सर्वहारावादी श्रमिक संगठन नेपालका वैकल्पिक केन्द्रिय सदस्य धर्म थापाको भनाइ यहाँ जोड्न उपयुक्त लाग्यो ।
“स.क.ली.र मजदुर (यहाँ किसान शब्द छुटेछ–ले.) संगठन बीच एकिकरण गर्नेबारे वार्ता चल्दै थियो । दुबै संगठनहरुका धेरै बिषयहरुमा समान धारणा बन्दै गइरहेका थिए । “पार्टी एकता केन्द्रिय समिति” को गठन भइसकेको थियो र त्यसले २०३८ साउन ३० मा एउटा विज्ञप्ती पनि निकाल्यो ।” [ उहि स्मृति ग्रन्थ पृष्ठ २२०] अरु अगाडि –
“२०३८ कार्तिक २२ र २३ गते चितवनको पटिहानीमा नोभेम्बर क्रान्तिको अवसर पारेर दुइ समुहका बीच एकिकरण गरियो र सर्वहारावादी श्रमिक संगठन नेपाल गठन भयो ।” [ उहि पृष्ठ–२२१ ]धर्म थापाको माथिका यी दुबै भनाइ अनुसार कहि पनि लालझण्डा पार्टीको उच्चारण छैन २०३८ सालमा सर्वहारावादी श्रमिक संगठन बन्ने क्रममा अनि तपाइ तीन वटा पार्टीको एकिकरण पश्चात् सर्वहारावादी श्रमिक संगठन बनेको भनेर गलत इतिहास लेख्ने ? यसै बारेमा २०३८ सालमा सम्पन्न एकता सम्मेलनमा रुपलाल विश्वकर्माद्धारा प्रस्तुत एवम् पारित राजनैतिक प्रतिवेदनबाट राख्न चाहेँ –
“आज हामी हर्ष र जोशले ओतप्रोत भएर यो महान ऐतिहासिक एकता सम्मेलनको सभा स्थलमा भेला भएका छौँ । यो अवस्थाको तयारी गर्न हाम्रा दुइ संगठनहरुले विभिन्न तरिकाले कष्टपूर्ण संघर्ष चलाउनु प¥यो । यस्ता संघर्षहरु हामीले एकताको नाउमा एकता विरोधी गतिवीधि गर्नेसँग र आफ्नै संगठनहरु मझ चलायौँ। साथै हामीले माक्र्सवादी खास्टो ओडेर सहि माक्र्सवादीलाई थिचोमिचो गर्ने, बेइज्जत गर्ने र एकता हुन नदिने घृणित षड्यन्त्रका विरुद्ध पनि तिब्र संघर्ष चलाउनु प¥यो । यसरी हामीले कष्टपूर्ण संघर्षका खुट्किलाहरु पार गर्दै यो गौरवमय र ऐतिहासिक सम्मेलनमा भित्रिन सफल भएका हौ ।” [ क्रान्तिको बिकासबारे हामीलाई लागेका केही कुराहरु, ले. रुपलाल विश्वकर्मा, प्रकाशक–श्रीमती रोमा विश्वकर्मा, प्रथम संस्करण २०६९, पृष्ठ १]
२०३८ सालमा भएको एकता सम्मेलनमा दुइ संगठन सर्वहारावादी कम्युनिष्ट लिग र नेपाल–मजदुर किसान संगठन मात्र सहभागी थिए भन्ने कुरा धर्म थापाको माथिको भनाइ र एकता सम्मेलनमा रुपलाल विश्वकर्माद्धारा प्रस्तुत एवम् पारित राजनैतिक प्रतिवेदनबाट प्रष्ट भयो । यसले के पुष्टि हुन्छ भने या त तपाइ एकता सम्मेलनमा नै सहभागी हुनुहुन्न या त तँपाइले पारित दस्तावेजहरुको राम्रोसँग अध्ययन नै गर्नुृ भएको छैन । अझ अगाडी भनौँ भने सुनियोजित योजना स्वरुप इतिहासलाई बग्याउने षड्यन्त्रमा उद्धत हुनुहुन्छ । हेर्दै जाउँ तपाइका चर्तिकला ! अझ अगाडी तपाइको कुतर्क हेरौँ !
बरालीजी, तपाईका लेख रचनाहरु रुपलाल विश्वकर्माको देहत्यागपछि अब मै हुँ भन्ने पाराले अस्वभाविक रुपमा छाडा भएर आएका छन । स्वनाम दाईको पनि देहत्याग पछि यो रचना छाद्नु भयो । हेर्दै जाउँ तपाईका “नाँङ्गो नाचे नौ दाउ !” भन्ने चर्तिकला । याद गर्नुहोस् हामी धेरै जना दाईहरुका सहकर्मीहरु जिवित छौँ र तपाईको नौटङ्की हेरिरहेका छौँ र आवश्यकता परे त्यसको पर्दाफास गर्न तम्तयार छौँ ।
४) “नारायणगढमा खड्क बहादुर विश्वकर्माको घर (तत्कालिन धौलागिरी सुन चाँदी पसल) को माथिल्लो तलामा आठ दिनसम्म बसेको उक्त एकता बैठक सकिने दिन सहमतीको दस्तावेज र घोषणपत्र तयारी गर्ने काम हुँदै थियो ।” [ उहि पृ.३४७ ] बराली जी, विषय उठाउँदा पहिलो कुरा सन्दर्भ मिलाएर राख्नु पर्छ र मात्र त्यसले प्रभावकारीता र विश्वसनियता राख्दछ ।
यहाँ तपाइले माथि सर्वहारावादी श्रमिक संगठन बनि सकेको उल्लेख गर्नु भैसकेपछि एकता अवधिको बारेमा उल्लेख गर्नु भयो त्यो पनि असान्दर्भिक तरिकाले । नारायणगढमा खड्कवहादुर विश्वकर्माको घरमा सर्वहारावादी श्रमिक संगठनको एकता बैठक बसेको होइन । तपाइको स्मरणशक्ति कमजोर भएछ । यो बैठक २०३६ सालमा घोषित जनमत संग्रहको विषयलाई लिएर नेपाल–मजदुर किसान संगठनमा विवाद उत्पन्न हुन गै अध्यक्ष मण्डलका अध्यक्ष नारायणमान बिजुक्छे केन्द्रिय समितिमा आफैले गराएको निर्णय विरुद्ध गइ बहुदलको प्रचारमा गएपछि पार्टीमा फुटको स्थिति सृजना भयो । नेपाल मजदुर–किसान संगठनको २०३५ सालमा स्थापनाहुँदा जम्मा ७ सदस्यीय केन्द्रिय समिति बनेको थियो । त्यसमा बिजुक्छे र अर्का के.स. बुद्धि कुमार गोसाइ अलग्गिएर हिँडेपछि पार्टीमा आएको संकट समाधान हेतु खड्कवहादुर विश्वकर्माको नारायणगढ लिलाचोक स्थित घरमा बहुमत केन्द्रिय सदस्यहरुको बैठक बसेको थियो । त्यो बैठकमा ५ जना केन्द्रिय नेताहरुहरु उपस्थित हुनुहुन्थ्यो । वहाँहरु रुपलाल विश्वकर्मा, हरेराम शर्मा, ध्रुव ढकाल, डि.बि. सिंह, हरिवहादुर के.सी. हुनुहुन्थ्यो । यो बैठकले रिक्त रहन गएको अध्यक्ष पदमा रुपलाल विश्वकर्मा र केन्द्रिय सदस्यमा हरि तिमिल्सिनालाई पदस्थापन गरेको थियो । यो २०३७ सालको घटना हो । यसपछि मात्र बिभिन्न समुहहरुसँग एकतावार्ताको प्रकृया थालिएको हो ।
जहाँसम्म सकलीसँगको एकतावार्ताको कुरा हो यो कहाँ–कहाँ भयो ? हेर्नुहोस् तत्कालिन सकलीका कोषाध्यक्ष खगेन्द्र सँग्रौला र ने.म.कि.सँ.का पेशेवर कार्यकर्ता धर्म थापा पछि दुबै जना सर्वहारावादी श्रमिक संगठन नेपालका संस्थापक केन्द्रिय सदस्यहरुको भनाइ– सँग्रौला – “सकलीका सुमन र मजदुर–किसानका रुपलाल विश्वकर्माको पहिलो भेट भयो । भेटको थलो थियो नारायणगढको बसपार्क नजिकको शान्ता श्रेष्ठ र रामलाल श्रेष्ठको घर हो ।” [ उहि स्वनाम स्मृतिग्रन्थ पृ.११४] अरु अगाडि – “वार्तामा सकली र मजदुर–किसानको एकता प्रकृया थाल्ने निधो भयो । केहि समयपछि तनहुँ, बन्दिपुरमा अर्को भेट भयो ।” [ उहि पृ.] धर्म थापा– “स्वनाम साथीसँग हाम्रो सम्बन्ध गाँसिएको २०३८ सालको श्रावण महिनाको अन्त्य तिरबाट हो ।” [ उहि पृ.२१९] अरु अगाडि – “स.क.ली.र मजदुर (किसान –ले.) संगठन बीच एकिकरण गर्ने बारे वार्ता चल्दै थियो । दुबै संगठनका धेरै विषयहरुमा समान धारणा बन्दै गएका थिए । पार्टी एकता केन्द्रिय तयारी समितिको गठन भइसकेको थियो र त्यसले २०३८ साउन ३० मा एउटा विज्ञप्ती पनि निकाल्यो ।” [उहि पृ.२२०]
अरु अगाडि – “२०३८ कार्तिक २२ र २३ मा चितवनको पटिहानीमा नोभेम्बर क्रान्तिको अवसर पारेर दुइ समुह बीच एकिकरण गरियो र सर्वहारावादी श्रमिक संगठन नेपाल गठन गरियो ।” [उहि पृ.२२१]
लौ बुझ्नुस् साथीहरु, एकता वार्तामा प्रत्यक्ष अप्रत्यक्ष सहभागी नेताहरुबाटै खड्कवहादुर विश्वकर्माको घरको बसाईको बारेमा कहिकतै उल्लेख छैन र एकता वार्ता चलेकौ २०३७ सालबाट होइन २०३८ सालबाट हो र त्यही सालमा एकता सम्पन्न भएको हो । बरालीजीले उडन्ते बोली र लेखाइ गरेर के गर्न खोज्नु भएको हो ? अझ भएन भनेर एकता सम्मेलन नै त्यहिँ भएको जसरी गरेर लेख्ने त्यो पनि ८–८ दिनसम्म चलेको भन्ने ? एकता सम्मेलन जम्मा ३ दिनमा सकिएको हो । २०३८ कार्तिक २१ गते शुरु भएर २३ गते समापन भएको हो । स्थान चितवन पटिहानी स्थित कुम्हिया भन्ने थारु गाउँ हो । एउटा ऐतिहासिक घटनाबारे इतिहास लेख्दा सम्बन्धित व्यक्तिहरुसँग बुझ्नु पर्दैन ? “वायुपँखी घोडा” जसरी मैले जे लेखिदियो जे बोलीदियो त्यहि ठिक हो भनेर लेख्ने ? हामी तमाम साथीहरु जिबित छौ हेक्का राख्नुस् ।
५) “भावी प्रधालमन्त्री बनाउने भनेर पिएलको पालादेखि पार्टीले कलेज पढाएको विद्मार्थी नेता हर्के ( डि.बि.सिंह) लगायतका साथीहरु समेटिएको केन्द्रिय टोली थियो । जे जस्तो पर्छ त्यो गर्न तम्तयार १०–१५ जनाको पूर्णकालिन टिम चितवनमा मात्र थियो । त्यती बेलाको सर्वहारावादी श्रमिक संगठन साँच्चिकै जनताको पार्टी भन्न लायक थियो ।” [उहि पृ.३४८]
तपाइको यो भनाइले हर्के (डि.बि.सिंह) २०३८ सालमा बनेको सर्वहारावादी श्रमिक संगठनका संस्थापक केन्द्रिय नेता थिए भनेको प्रष्ट भयो तर यो यथार्थ होइन । सर्वहारावादी श्रमिक संगठन नेपाल बन्नु अघिको रुपलाल विश्वकर्माको नेतृत्वमा रहेको नेपाल मजदुर–किसान संगठनमा सकलीसँग पार्टी एकता गर्ने पूर्ब निर्णय विपरित विवाद उत्पन्न भएको थियो । विवादको विषय नेकपा (माले) सँग एकता गर्ने वा सकली सँग एकता गर्ने भन्ने नै थियो । तत्कालिन अवस्थाको नेपाल मजदुर–किसान संगठनको ५ सदस्यीय केन्द्रिय समितिमा एकताको विषयलाई लिएर मत विभाजन हुँदा डि.बि.सिंह समेत हरि वहादुर के.सी. दुइ जना मालेसँग एकता गर्ने पक्ष अल्पमतमा प¥यो । पार्टी अध्यक्ष रुपलाल विश्वकर्मा समेत ध्रुब ढकाल र हरि तिमिल्सिना ३ जनाको बहुमत पक्ष सकलीसँग एकता गर्ने टुङ्गोमा पुग्यो । बहुमतकौ निर्णय अनुसार सकलीसँग एकता २०३८ साल कार्तिक २१, २२, २३ मा सम्पन्न भयो । डि.बि.सिंहको नेतृत्वमा अल्पमत पक्षले भिन्दै भेलाको आयोजना गरेर नेकपा(माले) सँग एकता गर्ने निर्णय ग¥यो । सोहि निर्णय बमोजिम मालेसँग एकता भएको कुरा मालेले आफ्नो दस्तावेज मार्फत घोषणा ग¥यो । ल हेर्नुस त्यसको घोषणा – “२०२८ सालमा भएको झापा संघर्षबाट (विज्ञप्तीमा झापा किसान संघर्ष भनिएको छं) ..अघि बढेर ११ पौष २०३५ मा ने.क.पा.(माले) को स्थापना भयो भने अर्कोेतर्फ चितवनको जुगेडी संघर्षलाई संगठित गर्ने कामबाट अघि बढेर तत्कालिन “सर्वहारावादी क्रान्तिकारी संगठन नेपाल” (स्थापित २०३३) र अन्य कतिपय समूहहरु मिलेर २०३४ सालको अन्त्यतिर “नेपाल मजदुर किसान संगठन” को स्थापना भयो । हामी दुबै पक्ष आजैका मिति देखि हाम्रा दुबै संगठनहरु (यहाँ हाम्रा दुवै पार्टीहरु पनि भन्नुपर्ने कमि रह्यो !) एउटै पार्टीका रुपमा एकिकृत भएको घोषणा गर्दछौँ ।” (वर्ग संघर्ष अंक १२ पृ.८–१० श्रावण २०४०) [यहाँ क्रान्तिको विकास बारे हामीलाई लागेका केही कुराहरु भन्ने पुस्तकबाट साभार गरिएको हो । यस पुस्तकका लेखक रुपलाल विश्वकर्मा, प्रकाशक श्रीमती रोमा विश्वकर्मा, प्रथम संस्करण २०६९,पृ. १४९] ।
ने.क.पा.(माले)को यो घोषणापछि यसको प्रतिवाद गर्दै रुपलाल विश्वकर्माले तत्कालिन पार्टी सर्वहारावादी श्रमिक संगठन नेपालको मुखपत्र (दस्तावेज) “जनमुक्ति ” बर्ष २ अंक २ मा लेखे– जुन “ व्यक्तिलाई संगठनमा हुलेर “महान एकता” को झण्डा उठाइयो ती जुगेडी संघर्ष हुँदा सम्भवतः भारतमा हल्लेका थिए । २०३३ सालको “सर्वहारावादी क्रान्तिकारी संगठन नेपाल” उभ्याउने पनि वास्तवमा ती व्यक्ति नभएर अरु नै थिए । हो, “स. क्रा. सं. ने.” मा ती “जुगेडी संघर्षमा संगठित पार्ने” व्यक्तिले, जसको योगदानबाट संगठन निमार्ण भएको थियो उनैलाई फालेर आफू हाकिम हुने कुआकाँक्षा पूर्ण भूमिका खेल्दै थिए । उनको उक्त प्रबृत्ति मजदुर–किसान संगठन स्थापना भएपछि झनै नाँगिदै गयो । उनले वौद्धिक क्षमताबाट हार खाएपछि आफ्नो कुआकाँक्षा पूर्ति गर्न “नांगो नाचे नौ दाउ” को अराजकतावादी मैदानमा उत्रे ।
मजदुर–किसान संगठनको केन्द्रिय समितिको आठौँ बैठकले सर्वसम्मतीले स.क.ली. सँग एकता गर्न भनी गरेको निर्णय (जस भित्र उनि पनि छन्) को विरुद्ध ती व्यक्ति गए र पार्टी र क्रान्ति विरोधी अपराध समेत गर्न थालेपछि केन्द्रिय समितिको दशौँ बैठकले उनलाई निष्काशन गरेको हो । कसैले पनि विधि–विधानको परिधि भित्र रहेर सोँच्छ, हेर्छ, बोल्छ र लेख्छ भने सर्वहारावादी कम्युनिष्ट लिग नेपालसँग एकता गर्ने संगठन नै नेपाल मजदुर–किसान संगठन एक मात्र हो । मनपरी गरि हिँड्ने विद्धानहरुका निम्ति मनपरी कै राज छ, यो स्वीकार्य नभए पनि “मयुरको बच्चाको राम्ररी पखेटा आदि चिन्न नउम्रे तापनि त्यसको हिँडाइले नै मयुरको बच्चा भन्ने छुटिन्छ” भने जस्तो भैहालेको छ । तर “जुगेडी संघर्षलाई संगीठत गर्ने” व्यक्तिसँग “महान एकता” गर्ने विद्धानहरुले नेपालमा विगतमा भएका “तमाम” संघर्षहरुको चर्चा परिचर्चापूर्ण उल्लेख (“विगत दशकका विशेषताहरु र हाम्रा आगामी कार्यभार” उप–शिर्षकमा) गर्दा जुगेडी संघर्षको नामसम्म लिनु भएको छैन । यो भने विद्धानहरुको बालकपनको प्रदर्शन हो कि ?” [उही क्रान्तिको विकासबारे हामीलाई लागेका केही कुराहरु पृ.१५०–५१]
हर्के (डि.बि.सिहं) लाई आफ्नो २०४० सालमा प्रकाशित वर्ग संघर्ष अंक १२ दस्तावेजमा ने.क.पा.(माले) ले आफूसँग एकिकरण भएको भनि घोषणा गरेको छ भने तल सर्वहारावादी श्रमिक संगठन नेपालको २०४० सालमै प्रकाशित जनमुक्ति बर्ष–२, अंक–२ दस्तावेजमा पार्टीमा बसेर आफैले गरेको निर्णय विपरित गएको हुँदा हर्के (डि.बि.सिंह) लाई केन्द्रिय समितिको दशौं बैठकले कारवाही गरि निष्काशन गरेको छ । त्यहि व्यक्तिलाई रणेन्द्र बरालीजीले २०३८ सालमा स्थापित सर्वहारावादी श्रमिक संगठन नेपालको केन्द्रिय नेता भनेर इंगित गर्नु भएको छ । ल भन्नुस् साथीहरु, तत्कालिन ने.क.पा.(माले) र सर्वहारावादी श्रमिक संगठन नेपालको आधिकारीक दस्तावेजीकरणलाई पत्याउने कि बरालीको उड्न्ते कुरालाई ! पाठक वर्गले नै निर्णय गर्नुस है ।
“भावी प्रधानमन्त्री बनाउन भनेर पिएलको पालादेखि पार्टीले कलेज पढाएको विद्मार्थी नेता हर्के ( डि.बि.सिंह)” भनेर कति हचुवा पाराले इतिहास लेख्नु भयो ? बराली महासय ! पुष्पलालकालिन पार्टीको इतिहासमा कहाँ लेखिएको छ ? यो कुरा भावी प्रधानमन्त्री डि.बि.सिंहलाई बनाउने भनेर ! प्रमाणित गर्ने हिम्मत छ ? यस्ता उडुवा कुरा लेखेर पिएलको समेत बद्नाम गराउने हिम्मत कहाँबाट आयो ! तपाइलाई । यो लेख पढ्नेले तपाइलाई थुक्ने मात्र हैन बौलाएछ बराली भनेका छन । यस्ता पुष्टि हुनै नसक्ने कुरा लेखेर आफै बदनाम हुने दुस्साहस ! किन गरिरहनु भएको छ ? हरेराम शर्मा र डि.बि.सिंह दिबंगत हुनु भन्दा करिव ६ महिना अघि उहाँहरुको आवाशमै गएर मैले उहाँहरुको अन्तरवार्ता लिएको छु । त्यो मसँग सुरक्षित छ । तपाइले जस्तो बकमफुसे कुरा त उहाँहरुले मसँग कहिँ कतै गर्नु भएको छैन । तपाइ किन अश्वभाविक रुपमा बर्बराउनु भएको हो ?
६) “ग्रामिण संघर्षलाई क्रान्तिकारी रुपान्तरण गरि सशस्त्र संघर्ष गर्ने नीतिअनुसार भएको पुर्तिघाट मनी एक्सनपछि दाइहरुको चालचलन अलिअलि फेरिन थाल्यो । “पिठ्युमा पोको खानाको के धोको” भन्ने जस्ता भाव कताकता पलाएको हो कि जस्तो देखिनथाल्यो ।” [उहि स्वनाम स्मृतिग्रन्थ पृ.–३४८ ] “ग्रामिण जनसंघर्षलाई क्रान्तिकारी रुपान्तरण गरि सशस्त्र संघर्ष गर्ने नीति” सर्वहारावादी श्रमिक संगठन नेपालको स्थापना कालदेखि नै पारित भएको हो । यो नीतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न महत्वपूर्ण निर्णयहरु भएका थिए । त्यस मध्येको एक केन्द्रिय तहका नेता देखि जिल्ला स्तरका नेता क्रमशः मानसिकका साथै भौतिक रुपमा सर्वहाराकरण हुने नीति पनि थियो । यो नीति कार्यान्वयन गर्ने क्रममा बहुसंख्यक नेताहरु पार्टीबाट अघोषित रुपमा टाढिँदै गए । तपाइ पनि त्यहि पङ्तिमा उभिन पुग्नु भयो बराली जी । “पुर्तिघाट मनिएक्सन” गर्ने निर्णय गर्ने क्रममा केन्द्रिय समितिको बैठक बस्दा एक जना वैकल्पिक सहित १० जनाको केन्द्रिय समितिका सदस्यहरु मध्ये ५ जनाको मात्रै उपस्थिति थियो । “मनिएक्सन गर्ने निर्णयलाई कार्यान्वयन गर्नु अगावै वैकल्पिक केन्द्रिय सदस्य पनि आफै सहभागी भएर गरेको निर्णयबाट टाढिए । बाँकी ४ जना मध्ये १ जना मनिएक्सन पछि पार्टीको सम्पर्कमा नै आउन चाहेनन् । उनी नेपालगञ्जतिर भाँैतारिएर हिँडेको रिर्पोट पार्टी केन्द्रमा ल्याउने तपाइ नै हो । हैन त ?पार्टी नेतृत्व बैचारिक रुपले सुस्पष्ट भएर ठोस नीति निर्माण गरि कार्यान्वयनको योजना बनाउने तर पार्टीका जिम्मेवार मध्येकै कयौं नेता कार्यकर्ता पार्टीको घोषित नीति विपरित नीजि दुनो सोझ्याउने कार्यमा तल्लीन हुने । यहि भएर गम्भिर अध्ययन–मनन् पश्चात २०४२ जेठ १० देखि १३ गतेसम्म पार्टी केन्द्रिय समितिको विस्तारित बैठकको आयोजना गरियो । सो बैठकमा पार्टी अध्यक्ष रुपलाल विश्वकर्माद्वारा “एक महत्वपूर्ण संघर्षको थालनी गरौ” नामक दस्तावेज प्रस्तुत गर्नु भयो । सो दस्तावेजको बैठकमा गहन अध्ययन एवम् छलफल चल्यो । अन्तिममा सर्वसम्मत रुपमा पारित पनि गरियो । त्यसपछि सो दस्तावेजलाई पार्टीको हरेक तहसम्म पुराउने काम भयो । हामीले दस्तावेजले औलाएका विषयहरुमा सजग भएर कार्यमा समर्पित हुने प्रतिबद्धता पनि जाहेर ग¥यौँ तर हामीले हाम्रा नकारात्मक संस्कार परिमार्जन गरि देश र जनताको पक्षमा सेवारत हुने कार्यमा सिन्को समेत भाँच्न सकेनौ । सो दस्तावेजको शुरुमै भनिएको छ –
“नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ३६ औँ वर्ष भएको छ । यसको उमेरलाई हेर्दा यो प्रौढ हुनु पर्ने तर यो अत्यन्तै बालक अवस्थामा छ । यस्तो किन भयो, यसमा के रहस्य छ ? यो जानकारी हामीले हासिल गर्न आवश्यक छ । यो जानकारी प्राप्त नगरेसम्म हामीले नेपाली कम्युनिष्ट आन्दोलनलाई समग्र रुपमा बुझेको ठहर हुने छैन, वर्तमान अवस्थाको वास्तविक मूल्याङ्कन गर्न सक्ने छैनौँ र हामी भविष्य प्रति तम्तयार रुपमा कार्यरत् हुन सक्ने छैनौं । नेपाली कम्युनिष्ट आन्दोलन भन्नाले हाम्रो संगठनभित्र देखिन आएका खोटहरु मात्र नभएर नेपाली कम्युनिष्ट आन्दोलन भित्रको समग्रतालाई लिएर छलफल चलाएको अर्थमा बुझ्नुपर्ने हुन्छ ।” [क्रान्तिको विकासबारे हामीलाई लागेका केहि कुराहरु, ले.रुपलाल विश्वकर्मा, प्रकाशक–श्रीमती रोमा विश्वकर्मा, प्रथम संस्करण –२०६९, पृ.१६५ ]
के हो त नेपाली कम्युनिष्ट आन्दोलन समेत हाम्रो संगठनमा देखिन आएका खोटहरु ? यसप्रति सो दस्तावेजमा प्रष्ट्याउने जमर्को गर्नुभएको छ । त्यहि खोट मध्येको एक खोट यहाँ जोड्न चाहन्छु – “हाम्रो भावना र मन स्वतः बिचारको अधिनमा रहेको छ । कुनै खास भनौं विशेष अवस्थामा अत्यन्तै क्षणिक रुपमा मनले पनि बिचारलाई अटेरी देखाउन सक्छ ।
यो प्राकृतिक घटनाहरुको निरन्तर प्रकृयामा परमाणुले “प्रत्येक एक हजार प्रकृयाहरुमा दुइ पटक प्राकृतिक र सर्वमान्य नियमको उल्लङ्घन गर्दछ” भने जस्तो हो । भावना र मन बिचारको अधिनमा हुन्छ भन्ने बिषय सामान्यतः देख्न वा जान्न नसकेता पनि विशेष अवस्थामा प्रष्ट देख्न वा जान्न सकिन्छ । जस्तै काम गर्ने भावना हुनु तर जिम्मा लिन नचाहनु या पन्छिनु, जनसंघर्षमा भाग लिन नचाहनु या भाग लिइ हाले पनि पछि–पछि सर्नु या भाग्नु सरल जीवन र कष्टपूर्ण संघर्षको क्रान्तिकारी बाटो त्याग्नु तर तथाकथित जान्ने टोपलिन संगठन या जिम्मेवार कार्यकर्ताहरुको आलोचना गरि हिँड्नु, आफ्नो काममा आफ्नो आदेशको पालना गर्न नचाहनु या उल्लङ्घन नै गरि हिँड्नु, निर्णयहरु गर्नु तर लागु गर्न क्रियाशिल नहुनु, कुरा गर्न दश हात अधि सर्नु तर काम गर्नु पर्दा बीस हात पछि सर्नु र खुल्ला हृदयले सच्चाइलाई अंगाल्न र त्यसको वकालत गर्न नचाहनु, छोटोमा उपदेशक हुन चाहनु तर क्रियाशिल नहुनु आदि ।” [क्रान्तिको विकासबारे हामीलाई लागेका केही कुराहरु, पृष्ठ १६९–७०]
प्रस्तुत खोटको प्रहसन तपाइले “पुर्तिघाट मनी एक्सनपछि दाइहरुको चालचलन अलिअलि फेरिन थाल्यो । “पिँठ्युमा पोको खानाको के धोको” भन्ने जस्ता भाव कताकता पलाएको हो कि जस्तो देखिन थाल्यो” भनेर ओकल्नु भयो । ०४२ सालमा प्रस्तुत दस्तावेज अनुसारको आचरण मैले प्रस्तुत गर्न सकिन भन्न नसकेर उल्टो “जो चोर उसैको ठूलो स्वर” भने जस्तै दाइहरु (रुपलाल विश्वकर्मा र स्वनाम साथी) लाई नै दोष थोपर्ने ? यदि दाइहरुले गलत गरिरहेका थिए भने खोइ त उतm दस्तावेजको खण्डन गर्नु भएको ? सो दस्तावेज त “पुर्तिघाट मनीएक्सन’पछि आएको हैन र ? ०४१ साल असार मसान्तका दिन ‘पुर्तिघाट मनीएक्सन’ भयो । ०४२ साल जेठमा उतm दस्तावेज बाहिर आयो । तपाइको माथिको भनाइले ‘पुर्तिघाट मनीएक्सन’ पछि प्राप्त धन दाइहरुले हिनामिना गरेको तर्फ संकेत गर्नु भएको छ । यदि त्यसो हो भने २०४६ सालमा नवलपरासीको डण्डामा भएको पार्टीको राष्ट्रिय भेलामा तीन सदस्यीय आर्थिक छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदन जस्मा पार्टीमा आर्थिक हिनामिना नभएको भनि स्पष्ट पारेको थियो । त्यो प्रतिवेदन उपर बृहत छलफल पश्चात् भेलाले ध्वनि मतले पारित गरेको थियो । तपाइले आफ्नो पार्टी नाम (गुप्तनाम) दलाइ भनेर सहिछाप धस्काउनु भएको छ । अनि आज आफ्नै मान्यवरहरु प्रति आक्षेप लगाउने ।
यहि हो दस्तावेजमा भने जस्तै –“सरल जीवन र कष्टपुर्ण संघर्षको क्रान्तिकारी बाटो त्याग्नु तर तथाकथित जान्ने टोपलिन संगठन या जिम्मेवार कार्यकर्ताहरुको आलोचना गरि हिँड्नु, आफ्नो काममा आफ्नो आदेशको पालना गर्न नचाहनु या उल्लङ्घन नै गरि हिँड्ने, निर्णयहरु गर्नु तर लागु गर्न क्रियाशिल नहुनु, कुरा गर्न दश हात अधि सर्नु तर काम गर्नु पर्दा बीस हात पछि सर्नु र खुल्ला ह्रृदयले सच्चाइलाई अंगाल्न र त्यसको वकालत गर्न नचाहनु, छोटोमा उपदेशक हुन चाहनु तर क्रियाशिल नहुनु आदि ।” यही हो तपाइको यथार्थ आचरण । जति बेला यो दस्तावेज बाहिर आएको थियो त्यति बेला तपाइ नीजि दुनो सोझाउने उत्कर्षमा उद्धत हुनुहुन्थ्यो । त्यहि भएर तपाइ आज अरबपति हुनुहन्छ तर तपाइले दोषी देखाएका नेतागणका परिवारजनको “न बास छ न गास छ” भन्ने अवस्थामा हुनुहुन्छ । त्यती बेलाको त्यो दस्तावेजले तपाइको “स्वर्गिय” चाहनामा बज्रपात पारेको थियो । तर त्यती बेला तपाइहरु “तर्क पनि छैन चित्त पनि बुझ्दैन्” भन्ने अवस्थामा हुनुहुन्थ्यो । त्यसै भएर त्यती बेलाको तितो आज पोख्नु भएको छ । हेर्दै जानु होला यो तितोले तपाइहरुलाई नै गलाउने छ र दाइहरुको इमान्दारिता “दिन दुइ गुणा रात चौ गुणा” ले चहकिलो हुँदै जानेछ ।
७) “मनीएक्सनको बेला पक्राउ परेका लडाकु साथीहरु फणिन्द्र आचार्य, धनीराम चौधरी, तारापति पौडेल, अमर वि.क., खेम बहादुर पुन र सुदर्शन प्रधान लगायतका साथीहरुलाई जेल ब्रेक गरेर निकाल्ने……..”। [उहि स्मृति ग्रन्थ पृ.३४९]
यहाँ तपाइले २०४१ साल असार मसान्तका दिन गुल्मी जिल्ला स्थित पुर्तिघाटमा भएको राष्ट्रिय वाणिज्य बैंक कब्जाको सन्दर्भमा त्यस कार्यमा प्रत्यक्ष सहभागी ७ जना साथीहरुको बारेमा भ्रम सृजना गर्नु भएको छ । त्यो घटनाको प्रत्यक्ष सहभागी मध्येको १ जना यो पंक्तिकार पनि हो । अन्य ६ जना साथीहरु पनि हालसम्म सकुशल हुनुहुन्छ । त्यो मनीएक्सनमा सहभागी मध्ये ३ जना साथीहरु फणिन्द्र आचार्य, तारापति पौडेल र धनिराम चौधरी मात्र जेल पर्नु भएको थियो । अन्य ४ जना साथीहरु भुमिगत भएर पार्टी कार्यमा सकृय हुनु भएको हो तर तपाईले सबै जना जेल परेको भनेर लेख्नु भएछ । हामी सातै जना तपाईकै वरिपरि छौ तर तपाई बर्बराउँदै हिँड्नु भएको छ, मनपरी लेख्दै हिँड्नु भएको छ । किन ? हो, जेल ब्रेक गरेर साथीहरुलाई बाहिर निकाल्ने सोँच भएकै हो । विभिन्न कारणले त्यो सम्भव हुन सकेन, त्यसको छुट्टै पाटो छ । त्यसको लगत्तै एकता वार्ता प्रकृयाको थालनी, २०४५ सालको भारतीय नाकाबन्दी, २०४६ सालको आन्दोलनको थालनी, आदि–आदि कारणले त्यो विषय थाती रहेको थियो । अन्ततः ०४६ सालको आन्दोलनले ०४७ सालमा एक हदसम्मको निकास निस्केपछि तात्कालिन राजा बिरेन्द्रले २०४७ साल असार ७ गते पुर्तिघाट बैँक कब्जाका कारण मुद्धा लागेका हामी ७ जनालाई राजनैतिक मुद्धा ठहराइ आम माफीको घोषणा गरे ।
२०४७ साल असार १३ गते पे्रसित नेपाल राजपत्र अतिरिक्ताङ्क १६ (कं) मा हामी सातै जनाको नाम आम माफी पाएको लिष्टमा प्रकाशन भयो । त्यस लिष्टमा जेलमा भएका फणिन्द्र आचार्य, तारापति पौडेल र धनिराम चौधरी, पक्राउ पर्नबाट बचेँका हामी ४ जना जो भुमिगत रुपमा पार्टी कार्यमा कृयाशिल थियौँ खेम बहादुर पुन, सुदर्शन प्रधान, रोम बहादुर बस्नेत र यो पंतिmकार अमर बहादुर विश्वकर्मा थियौँ । त्यसपछि जेल परेका साथीहरु जेल मुक्ति हुनु भयो र हामी भुमिगत जीवनबाट बाहिर आएका थियौँ । यो राजपत्रको प्रतिलिपि आज पर्यन्त मसँग सुरक्षित छ तर त्यसमा कहिँ पनि अमर बि.क. भन्ने मान्छेको नाम छैन । हचुवाको भरमा उडन्ते तरिकाले ऐतिहासिक घटनाको बारेमा झुट लेख्ने ! कि तपाइ पनि “कुकुर कामी” लेख्ने मानसिकताले ग्रसित कथित विद्धान हो ? त्यसो भए अब हामीले पनि तपाईलाई, तपाईको पार्टी नाम “दलाइ” होइन दले र तपाईको नाम रणेन्द्र बराली होइन रणेन्द्र कामी लेख्न थालौँ । के गरौँ विद्धान महासय ! आफूलाई विद्धानका रुपमा मानिदिउन भन्ने अपेक्षा गर्नु हुने हो भने अरुलाई पनि सम्मान गर्न सिक्नोस नत्रभने तपाईको विद्मताको धोती खुस्केर क्रमशः नाङ्खेझार हुन बेर छैन ।
बरालीजी, तपाईका लेख रचनाहरु रुपलाल विश्वकर्माको देहत्यागपछि अब मै हुँ भन्ने पाराले अस्वभाविक रुपमा छाडा भएर आएका छन । स्वनाम दाईको पनि देहत्याग पछि यो रचना छाद्नु भयो । हेर्दै जाउँ तपाईका “नाँङ्गो नाचे नौ दाउ !” भन्ने चर्तिकला । याद गर्नुहोस् हामी धेरै जना दाईहरुका सहकर्मीहरु जिवित छौँ र तपाईको नौटङ्की हेरिरहेका छौँ र आवश्यकता परे त्यसको पर्दाफास गर्न तम्तयार छौँ ।
Leave a Reply