राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार शंकरदास बैरागीले लिए शपथ

दलित अनलाईन ३२ जेष्ठ २०८०, बिहीबार ११:५५

काठमाडौं—   शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ लिएका छन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सल्लाहकारको शपथ खुवाएका हुन्।

मुख्यसचिव वैरागीलाई मुख्यसचिवबाट राजीनामा गराएर सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो। उनले अवकास पाउन ३ महिना मात्र बाँकी थियो।

राष्ट्रिय सुरक्षा परिषद्‍को अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ । त्यस्तै रक्षा मन्त्रालयका सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य-सचिवको जिम्मेवारीमा हुन्छन् भने रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारमा मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank